शनिबार, जेठ २, २०८३

त्रिविले माग्यो एमएड तहको कार्यक्रम थपका लागि आवेदन

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एमएड तहको कार्यक्रम थपका लागि सम्बन्धन प्राप्त कलेजसँग आवेदन माग गरेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

National life

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एमएड तहको कार्यक्रम थपका लागि सम्बन्धन प्राप्त कलेजसँग आवेदन माग गरेको छ।

त्रिविबाट सम्बन्धन प्राप्त गरी शिक्षाशास्त्र संकायको स्नातक तह विएड मात्र कार्यक्रम सञ्चालन गरिरहेका क्याम्पसहरुले पुस ९ गतेसम्म कार्यक्रम थपका लागि आवेदन दिन सक्ने कार्यालयले जनाएको हो। 

डिन कार्यालयले एमएड तहको हालसम्म एउटा पनि कार्यक्रम सञ्चालन नभएका दुर्गम जिल्ला, महानगरपालिका, उपमहानगरपालिका तथा जिल्लाको सदरमुकाम भन्दा बाहिरी भेगमा अवस्थित सामुदायिक क्याम्पसहरुलाई एमएड तह कार्यक्रम थपका लागि आवेदन माग गरेको छ। विएड कार्यक्रम सञ्चालन गरिरहेका त्रिविका क्याम्पसले मंसिर ५ गतेदेखि आवेदन दिन सक्नेछन्।


प्रकाशित: Nov 21, 2021| 14:16 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्