सोमबार, असोज २६, २०८३

मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव ६ देखि ९ मंसिरसम्म

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुने भएको छ। केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा नवौं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भर्चुअल चलचित्र महोत्सव हुने भएको छ। केन्द्रले प्रत्येक वर्ष नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव गर्दै आएको छ।

कोभिड–१९ का कारण बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नवौं नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अनलाइनको माध्ययमबाट मंसिर ६ देखि ९ गतेसम्म हुने भएको हो। महोत्सवमा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्रका साथै सबै विधाका चलचित्र देखाइने छ। देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेका मध्येबाट छनोट गरिएको हो।

छानिएका चलचित्रहरु मुभीडटकम वेबसाइटमा लगइन गरेर हेर्न सकिनेछ। महोत्सव सुरु भएको दिनदेखि अर्काे दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने छ। महोत्सवअन्तर्गत चलचित्र प्रदर्शनसँगै मानव अधिकारकर्मी र कलाकर्मीहरुसँग अन्तरक्रिया, प्यानल डिस्कसन लगायत कार्यक्रम पनि तय गरिएको छ। 

महोत्सवमा अन्तर्राष्ट्रिय विधाका चलचित्रको प्रदर्शनमात्र गरिने छ भने नेपाली विधाका चलचित्रको प्रतिस्पर्धा हुनेछ। प्रतिस्पर्धी नेपाली चलचित्रलाई उत्कृष्ट फिक्सन, उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनोट गरी पुरस्कार घोषणा गरिनेछ। निर्णायकमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित छन्। महोत्सवको सहआयोजकको रुपमा राष्ट्रिय मानव अधिकार आयोग र नेपालका लागि क्यानडेली राजदूतावास रहेका छन्।

प्रकाशित: Nov 21, 2021| 14:05 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।