बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रामदेवलाई नेपाली पर्यटनको ब्रान्ड एम्बेसडर बन्न सरकारको प्रस्ताव

रामदेवलाई नेपाली पर्यटनको ब्रान्ड एम्बेसडर बन्न सरकारको प्रस्ताव

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।
 |  आइतबार, मंसिर ५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेव बाबालाई नेपालको पर्यटन प्रवर्द्धनका लागि ब्रान्ड एम्बेस्डर बन्न प्रस्ताव गरेको छ।

आइतबार मन्त्रालयले आयोजना गरेको भगवान श्रीपशुपतिनाथ दर्शनसहितको योग शिविर कार्यक्रममा मन्त्री प्रेम बहादुर आलेले योग गुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि ब्रान्ड एम्बेस्डर बन्न प्रस्ताव राखेका हुन्।

मन्त्री आलेले बाबा रामदेवलाई ब्रान्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र पनि प्रदान गरेका छन्। नेपाल बुद्ध र सगरमाथाको देश भनेर विश्वभरि चिनाउन योग गुरुको रामदेवको भूमिका महत्वपूर्ण हुने मन्त्री आलेले बताए। योग गुरु रामदेवको माध्यमले भारतबाट नेपालमा धेरैभन्दा धेरै पर्यटक आउने उनले विश्वास व्यक्त गरे। कोभिड–१९ को संक्रमण नेपालमा निकै कम भएको र धेरैले खोप लगाइसकेको उल्लेख गर्दै मन्त्री आलेले नेपालको पर्यटनको प्रचारप्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गरे।

आलेले भने, ‘उहाँलाई टुरिजम सेक्टरमा प्रमोसन गर्नका लागि ब्रान्ड एम्बेस्डरको लागि म उहाँलाई हार्दिक अनुरोध गर्न चाहन्छु। यहाँ चार दिने भ्रमणमा आउँदा यसले राम्रो म्यासेज पनि गएको छ, विश्वभरमा प्रचारप्रसार पनि भएको छ। धेरैभन्दा धेरै पर्यटक भारतबाट नेपाल आउन्, हामीहरु स्वागत गर्छौं।’

सो अवसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताए, उनले मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिने बताए। नेपाललाई समृद्ध बनाउन पतञ्जली योगपिठले गर्न सक्ने योगदानलाई कार्ययोजना बनाएर लागु गर्ने उनले बताए।

उनले भने, ‘नेपालको संस्कृतिलाई पूरा दुनियाँमा लिएर जान्छु। यहाँका मानिसलाई गौरव हुन्छ कि यहाँको संस्कृति र प्रकृतिले समृद्धि बढिरहेको छ। हामीलाई दिएको प्रस्तावमा हामी गम्भिरतापूर्वक छलफल गरेर निर्णय गर्छौं नेपालको एकता, समृद्धिको विकास गर्न पतञ्जली योगपिठले जे योगदान गर्न सक्छ, एउटा रुपरेखा बनाएर, लामो कार्ययोजना बनाएर हामी योगदान दिन्छौँ।’ योग गुरु रामदेवले नेपाल र भारतका पूर्वजहरु साझा रहेको पनि बताए।

प्रकाशित: Nov 21, 2021| 12:47 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।