बारा- नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेडले बाराको निजगढ नगरपालिकास्थित निजगढ बजारमा शाखा खोलेको छ । पर्साको विरगञ्ज लिंकरोडमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड साविकको एस डेभलपमेण्ट बैकं लिमीटेडस्थित शाखालाई बाराको निजगढमा स्थानान्तरण गरिएको हो।
२५ हजार बढी जनसंख्या रहेको प्रदेश नम्बर २ स्थित निजगढका स्थानीयलाई यो शाखाले वित्तिय कारोबारमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । महेन्द्र राजमार्गअन्तर्गत पथलैया र चन्द्रनिगाहपुरकोबीचमा पर्ने निजगढलाइ सरकारले स्मार्ट सिटी बनाउने भनिएको क्षेत्र पनि हो।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ।
ग्रामीण क्षेत्रका जनतालाई सुविधा दिने उदेश्यले विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २२ हजार सात सय व्यक्तिलाई रु.३ अर्ब ७६ करोड लगानी गर्ने नेपाल इन्भेष्टमेण्ट बैंक लिमीटेड एक मात्र निजी क्षेत्रको बैंक रहेको दाबी रहेको छ।
आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०० वटा एटिएम पुगेको छ भने ७ वटा एक्स्टेन्सन काउन्टर रहेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५७ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य रहेको बैंकको एटिएम छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४