शुक्रबार, साउन २, २०८२

खसीको मासुको मूल्य बढ्यो

सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ। प्रतिकेजी ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर ९०० पुर्‍याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ। यो मूल्य आजदेखि लागू हुनेछ।
 |  आइतबार, मंसिर ५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ५, २०७८

vianetvianet

सुर्खेत- सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ। प्रतिकेजी ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर ९०० पुर्‍याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ। यो मूल्य आजदेखि लागू हुनेछ।

संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज, बुटवल, भैरहवा, पोखरा, काठमाडौंलगायतका ठूला सहरमा खसीबोका निर्यात हुन थालेपछि मूल्य बढाउनुपरेको बताए। मूल्य समायोजनका लागि अब खसीबोकाको मासु प्रतिकेजीमा १०० बढाइएको उनको भनाइ छ।

'किसानले बढी मूल्य पाएपछि जिल्ला बाहिर निर्यात गर्न थाले, जिउँदो खसीबोका प्रतिकेजी ५५० सम्म खरिद गर्नुपरेको छ', वीरेन्द्रनगरका मासु व्यवसायी जनक थापाले भने, 'खसीबोकामा अभाव देखियो, बढी मूल्य तिरेर खरिद गर्नुपर्दा मूल्य बढाउनुको विकल्प रहेन।'

जिल्लास्थित सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीलाई जानकारी गराएर मूल्यवृद्धि गरिएको संघले जनाएको छ।

प्रकाशित: Nov 21, 2021| 07:00 आइतबार, मंसिर ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।