काठमाडौं- अमेरिकी राज्य इन्डियानामा एक महिलाले आफ्नै १३ वर्षीया छोरीलाई बेचिदिएकी छन्। ती महिलाले २७ वर्षीया पुरुषलाई सुनको ब्रेसलेट, हार र दुई हजार डलर लिएर बेचिदिएकी हुन्।
यो भन्दा पहिले ती महिला र उनका श्रीमानले बालिका किन्ने पुरुषलाई बिहे गर्नका लागि तयार गरेका थिए। र, उनीहरूले बिहेको पार्टीसमेत मनाएका थिए।
तर, यतिबेला ती बच्चीकी आमा छोरी बेचेको आरोप लागेको छ। उनीमाथि कारबाही प्रक्रियासमेत थालिएको छ। द जर्नल गजटको रिपोर्ट अनुसार यो प्रकरण बाहिरिएसँगै प्रहरीले २७ वर्षीय केजी क्दी नामक पुरुषमाथि बालिका किनेको आरोप दाएर गरेको छ। उनीमाथि गिरफ्तार वारेन्टसमेत जारी गरिएको छ।
अदालती दस्ताबेजका अनुसार अभियुक्तले केटीका आमा-बुवालाई सुनको ब्रेसलेट, हार र दुई हजार डलर नगद दिएका थिए। ती अभियुक्तले बालिकालाई छुने कोसिस गर्दा उनी चिल्लाएकी थिइन्। तर, ती २७ वर्षीय पुरुषले बाइबलको हवाला दिँदै आफू उनको मालिक भएको बताएको समाचारमा उल्लेख छ।