बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • युरोपेली प्रतिनिधि पाओला पम्पालोनी काठमाडौंमा, नेपाल–ईयू संयुक्त बैठक बुधबार

युरोपेली प्रतिनिधि पाओला पम्पालोनी काठमाडौंमा, नेपाल–ईयू संयुक्त बैठक बुधबार

बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी शनिबार काठमाडौँ आइपुगेकी छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- नेपाल–युरोपेली संघ संयुक्त आयोगको तेह्रौँ बैठक यही मंसिर ८ गते बुधबार काठमाडौंमा हुने भएको छ। बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी शनिबार काठमाडौँ आइपुगेकी छन्। 

बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षमा विचार विमर्श हुने परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले बताएका छन्। 

बैठकमा द्विपक्षीय विकास सहायताका समग्र पक्षमा छलफल हुनेछ। युरोपेली संघले नेपाललाई व्यापार तथा लगानी, वाणिज्य, ऊर्जा, विज्ञान तथा प्रविधि, कृषि, मानव संसाधन विकास, पर्यावरण संरक्षण, भूकम्पपछिको पुनर्निर्माण, ग्रामीण विकास, पोषण, शिक्षा, सुशासनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ। 

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले गर्नेछन्। नेपाली विमान सेवालाई युरोपेली मुलुकको आकाशमा उड्न माथि लगाइएको प्रतिबन्ध चाँडोभन्दा चाँडो हटाउन नेपाली पक्षले बैठकमा उच्च प्राथमिकताका साथ उठाउने अपेक्षा गरिएको छ। 

नेपाल सरकारले नागरिक उड्डयन क्षेत्रको सुरक्षाका निम्ति नयाँ नागरिक उड्डयन विधेयक संसद्मा प्रस्तुत गरेको सन्दर्भमा हवाई सुरक्षाप्रतिको नेपालको प्रतिबद्धतालाई दृष्टिगत गरी युरोपेली सङ्घले उडान प्रतिबन्ध हटाउने अपेक्षा गरिएको छ। 

प्रकाशित: Nov 20, 2021| 22:00 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।