शनिबार, चैत ७, २०८२

मकवानपुरमा बढे एचआईभी संक्रमित

मकवानपुरमा हाल एचआईभी संक्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्यांक देखाएको छ। यसको संख्या महिनैपिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

हेटौंडा- मकवानपुरमा हाल एचआईभी  संक्रमितको सङ्ख्या ३९९ पुगेको एक तथ्यांक देखाएको छ। यसको संख्या महिनैपिच्छे बढ्दै गएको हेटौंडा अस्पतालले जनाएको छ।

National life

प्रत्येक महिना ४– ५ एचआईभीका नयाँ संक्रमित देखिने गरेको छ। उक्त अस्पतालका अनुसार जिल्लामा ती संक्रमितमध्ये १४७ महिला, १४४ पुरुष र १८ तेश्रो लिङ्गीे रहेको बताइएको छ। उनीहरुले उक्त अस्पतालबाट सङ्क्रमण विरुद्धको एआरटी औषधि नियमितरुपमा सेवन गरिरहेको जनाइएको छ।

अस्पतालका एआरटी काउन्सुलर सुजल श्रेष्ठले जिल्लामा एचआईभी संक्रमितको सङ्ख्या बढ्दै गरेको जानकरी दिँदै मकवानपुरका केही संक्रमितका साथै  अन्य जिल्लाका सङ्क्रममितले समेत एआरटी खाइरहेका बताए। सन् २०१२ देखि हालसम्म जिल्लामा ३२ जनाको एचआईभी संक्रमणबाट मृत्यु भइसकेको छ। एचआईभी हुँदैमा एड्स नहुने र एचआईभी संक्रमित धेरै वर्षसम्म स्वस्थ्य रहने भएकाले रोगलाई लुकाउन नहुने र समय समयमा उपचार गराउनु पर्ने उनले बताए। 

संक्रमित भएको लामो समयसम्म उपचार नगराएमा पछि उपचार गर्न समस्या हुने र किटाणु वृद्धि भएर संक्रमितको रोगसँग लड्ने क्षमता पनि कम हुने  काउन्सुलर श्रेष्ठले बताए। एचआईभी संक्रमितमा लामो समयसम्म ज्वरो आउने, पसिना आउने,  पखाला लाग्ने र अन्य कारणबाट समेत लामो समयसम्म सञ्चो नभए चिकित्सकसँग परामर्श गरी उपचार गराउनुपर्ने चिकित्सकको भनाइ थियो।

असुरक्षित यौन सम्पर्क, संक्रमितको रगत तथा सिरिन्जको प्रयोगले यो रोग सर्ने भएकाले त्यसबाट जोगिनुपर्ने बताइएको छ। सरकाले यस रोगका सम्वन्धमा समय समयमा चेतनामूलक कार्यक्रम गरिरहेकोले रोग लुकाउन नहुनेमा काउन्सुलर श्रेष्ठले जोड दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 20, 2021| 21:20 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्