मंगलबार, असार ३०, २०८३

संसदीय दलको नेता बन्‍न ठाकूर र महतोबीच प्रतिष्पर्धा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संघीय संसदको तेश्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजापा) नेपालमा दुई नेताबीचको टकरावले संसदीय दलको नेता चयन हुने सकेको छैन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्वाचन २६ माघमा सम्पन्न भएर संघीय संसदको गठन भए पनि राजपाका दुई नेता अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको टकरावका कारण दलको नेता चयन हुन नसकेको हो।

प्रतिनिधिसभामा १७ सांसदमध्ये एक जना कैलाली १ बाट निर्वाचित सांसद रेशमलाल चौधरी जेलमा रहेका कारण संघीय संसद सदस्यको सपथ लिएका छैनन्। १६ सांसदमध्ये संयोजक ठाकुर र महतोको पक्षमा  ७-७ जना सांसद छन्।

पार्टीको विधान संशोधन मस्यौदा समितिले तयार पारेको संशोधित विधानलाई पारित गरी संसदीय दलको विधान समेत अनुमोदन गर्न राजपाको राजनीतिक समितिको बैठक आज दिउँसो एक बजेदेखि राजपा केन्द्रीय कार्यालय बबरमहलमा बसेको हो।
 
बिहिबारको बैठकले पार्टीको विधान संशोधन र संसदीय दलको विधान पारित गरेपछि एक साता भित्रै संसदीय दलको नेता चयन हुने प्रवक्ता केशव झाले बताए।
अध्यक्ष ठाकुरको पक्षमा अध्यक्ष मण्डलका सदस्यहरु महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादव खुलेर लागेका छन् भने महतोको पक्षमा अर्का अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारी रहेका छन्।

अध्यक्ष ठाकुरको पक्षमा राय, झा, यादवसहित अन्य सांसदहरु एकवाल मियाँ, चन्दा चौधरी, दुलारीदेवी खत्वेनी र रानी मण्डल छन्। संसदीय दलको नेताका आकांक्षी महतोसँग अर्का अध्यक्ष भण्डारीसहित अमृतादेवी अग्रहरि, चन्द्रकान्त चौधरी, नरमायाँ ढकाल, निर्जला राउत, प्रमोद साह र लक्ष्मणलाल कर्ण रहेका छन्।

मधेशकेन्द्रीत ६ वटा राजनीतिक दल मिलेर १४ महिनाअघि राजापा नेपालको गठन भएको थियो। राजपा गठनपश्चात स्थानीय र संसदीय निर्वाचनको मुखमा पार्टीका सहअध्यक्ष हृदयेस त्रिपाठी, महामन्त्रीहरु विमल श्रीवास्ताव, जंगीलला राय, बृजेशकुमार गुप्ताले पार्टी परित्याग गरेका थिए।

राजपा संसदीय दलमा पार्टी गठन हुनुअघिको सद्भावना पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीका सांसदको संख्या बढी छ। महतो सद्भावनाका पूर्वअध्यक्ष हुन भने ठाकुर तमलोपाका अध्यक्ष थिए।

ठाकुर, एकवाल मियाँ, चन्दा चौधरी, दुलारीदेवी खत्वेनी विघटित तमलोपासँग निकट हुन्। महतो अध्यक्ष भएको पूर्व सद्भावना निकट सांसद अमृता अग्रहरी, चन्द्रकान्त चौधरी, नरमायाँ ढकाल, प्रमोद साह र लक्ष्मणला चौधरी हुन्। जेलमा रहेका रेशमलाल चौधरी पनि पूर्वसद्भावना निकट हुन्।

राजपामा विघटित तराई मधेश सद्भावना पार्टीका अध्यक्ष राय, विघटित नेपाल सद्भावना पार्टीका अधयक्ष अनिल झा र रानी मण्डल, विघटित राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी र निर्जला राउत छन्।  विघटित फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव पनि राजपा सांसद छन्।

राष्ट्रिय सभाका दुई सांसद बृषेशचन्द्र लाल ठाकुर पक्षधर हुन भने रमेश यादव महतो निकट हुन्। संसदीय दलको नेता चयन निर्वाचनबाट गरिए राष्ट्रिय सभाका सांसदले मतदान गर्न पाउने छैनन्।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।