मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'डल्लो बजेट' प्रतिपक्षलाई सँगै राखेर फुटाउँछौं : मुख्यमन्त्री भट्ट

'डल्लो बजेट' प्रतिपक्षलाई सँगै राखेर फुटाउँछौं : मुख्यमन्त्री भट्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी- प्रदेश-७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आफ्नो सरकारले राखेको 'डल्लो बजेट' प्रतिपक्षलाई पनि साथमा लिएर फुटाउने बताएका छन् । 

'सरकार एक्लैले डल्लो बजेट फुटाउँदैन, प्रतिपक्षलाई सँगै राखेर मात्र फुटाइन्छ,' भट्टले बिहीबार धनगढीमा आयोजित एक कार्यक्रममा भने, 'सरकार एक्लैले फुटाउँछ कि भनेर चिन्ता लिनुपर्दैन ।' 

केही अत्यावश्यक क्षेत्रमा खर्च गर्नका लागि सरकारले त्यस्तो बजेट राखेको उनले बताए । र, त्यसको सदुपयोग हुनेमा आश्वस्त पार्ने प्रयास गरे । 

के हो 'डल्लो बजेट' ?

प्रदेश-७ सरकारले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ल्याएको बजेटमा २३.८५ प्रतिशत विविध शीर्षकमा राखिएको छ । बिनायोजना र कार्यक्रम करिब एक चौथाइ बजेटलाई विविध शीर्षकमा राखिएकामा विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै आएका छन् । उनीहरूले त्यसलाई 'डल्लो बजेट' संज्ञा दिएका छन् । 

करिब पाँच अर्ब रुपैयाँ हुन आउने उक्त बजेट दुरुपयोग हुन सक्ने बताउँदै सत्तापक्षकै सांसदहरूले पनि असन्तुष्टि जनाउँदै आएका छन् । 

उक्त रकमलाई प्रक्रिया र विधि पुर्‍याएर मात्र खर्च गरिने सरकारी आश्वासनपछि मात्र सांसदहरूले प्रदेश-७ को बजेट पारित गर्न सहयोग गरेका थिए । 

विविध शीर्षकको बजेटमा विवाद आएपछि कैलाली-४ सांसद लेखराज भट्टले नै साम्य पार्नुपरेको थियो । सोही बजेटबाट असन्तुष्टहरूलाई सन्तुष्ट पारिने भट्टले आश्वासन दिएका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।