बुधबार, भदौ ३, २०८३

कोसी पूर्वी तटबन्ध मर्मत कार्य तत्काल अघि बढाइने

नदीको कटान नियन्त्रणका लागि सप्तकोसीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ। नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- नदीको कटान नियन्त्रणका लागि सप्तकोसीको पूर्वी तटबन्धको मर्मत कार्य अविलम्ब थालिने भएको छ। नदीले निकै स्थानमा कटान गरेकाले सम्भावित क्षति रोक्न तत्काल पूर्वी तटबन्ध सुरक्षाको काम अघि बढाउन लागिएको हो। 

सो विषय अध्ययनका लागि नेपाल–भारत दुई देशीय उच्चपदस्थ पदाधिकारीको टोलीले फिल्ड भिजिटको कामसमेत सकेको छ। टोलीमा नेपाली पक्षबाट ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, जलस्रोत तथा सिँचाई विभागका प्रवक्ता समेत रहेका उपमहानिर्देशक कृष्णप्रसाद नेपाललगायतको उपस्थिति थियो। 

'अर्को बाढीभन्दा पहिले गर्नुपर्ने काम आइडेन्टिफाई गर्नु पर्ने, तिनीहरूलाई गर्नको लागि रिकुमेन्ट गर्न उनीहरूले आइडेन्टिफाई गरेको कामलाई फिल्ड फेरिफिकेसन गर्न नेपाली पक्षले सहभागिता जनाएको हो। बाँकी अन्य मर्मतलगायतका सम्पूर्ण कार्य भने भारतीय पक्षले नै गर्नेछ,' उच्चपदस्थ टोलीमा सहभागी नेपालले।

भारतीय पक्षको नेतृत्व भने गंगा नदी बाढी नियन्त्रण आयोजनाका प्रमुख सिके एलदासले गरेका छन्। उनले फिल्डमा पुगेर वस्तुस्थिति अध्ययन गरिएकाले तटबन्ध र स्पर मर्मतको कार्यलाई अघि बढाउन सहज हुने बताए। दासले थप एजेण्डाका विषयमा भने हाई कमिटीको मिटिङमा कुरा उठाउने बताए।

टोलीमा नेपालको तर्फबाट विपद् व्यवस्थापन महाशाखासहित भू–आर्जन कार्यालयका पदाधिकारीका अलावा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायत सहभागी थिए।

प्रकाशित: Nov 20, 2021| 14:05 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।