काठमाडौं- भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालक २२ वर्षका मिलन तामाङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।
काभ्रेको रोशी गाउँपालिका–३ स्थायी घर भई उनी काठमाडौंको कलंकीमा बस्दै आएका थिए।
वाग्मती प्रदेश ०२–०३० प ०१६८ नम्बरको मोटरसाइकलले वाग्मती प्रदेश ३–०१–००३ क ७८५१ नम्बरको टिपरलाई ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिकामा–६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ।