काठमाडौं- जुम्लामा अनशनरत डा. गोविन्द केसीको उपचारका लागि स्वास्थ्य मन्त्रालयले काठमाडौंबाट चिकित्सक टोली खटाएको छ ।
स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निर्देशनमा डा. जीवन थापा र डा. सुवास सुवेदीसहितको चिकित्सक टोली जुम्लातर्फ गएको हो । डा. केसीको उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री यादवले निर्देशन दिएका छन् ।
सोहीअनुसार चिकित्सक टोली खटाइसकिएको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४