बुधबार, भदौ ३, २०८३

मोरङ कारागारका एक कैदीको मृत्यु

मोरङ कारागारका एक कैदीको शनिबार बिहान मृत्यु भएको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

विराटनगर– मोरङ कारागारका एक कैदीको शनिबार बिहान मृत्यु भएको छ। 

विराटनगरको हाटखोलास्थित कारागार कैद सजाय भुक्तान गरिरहेका विराटनगर ८ का ६२ वर्षीय गोपाल शर्माको बिहान मृत्यु भएको हो। 

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार शर्मालाई अचानक न्यून रक्तचापको समस्या देखिएपछि उपचारका लागि कोसी अस्पताल लगिएको थियो। शुक्रबार राति अस्पताल भर्ना गरिएका शर्माको स्वास्थ्यमा सुधार भएपछि आज बिहान ६ बजेतिर अस्पतालले डिस्चार्ज दिएको थियो। पुनः स्वास्थ्यमा समस्या देखिएपछि बिहान दोस्रो पटक अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउनसाथ चिकित्सकले शर्मालाई बिहान ७:४० बजेतिर मृत घोषित गरेको निमित्त जेलर पोखरेलको भनाइ छ। 

शर्मालाई स्वास्थ्यमा समस्या भएराती कारागार प्रशासनलाई जानकारी गराएर राति १ बजे नै पिकेट बाहिर निकाले पनि एक घण्टा ढिलो गरी अस्पताल लगिएको श्रोतले बताएको छ। श्रोतका अनुसार बिहान डिस्चार्ज गरेर ल्याउने बित्तिकै शर्मामा पुनः समस्या देखिएपछि फेरि अस्पताल लैजानु भन्दा पनि आधा घण्टा ढिलो गरी अस्पताल लगिएको थियो। कारागार प्रशासनको लापरबाहीका कारण ज्यान गएको श्रोतको दाबी छ। 

शर्मा जबरजस्ती करणी मुद्दामा ६ वर्षदेखि कैद भुक्तान गर्दै आएका थिए। उनी ट्रेड युनियन कांग्रेस विराटनगरका पूर्व सभापति पनि हुन्।

प्रकाशित: Nov 20, 2021| 10:35 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।