बुधबार, भदौ ३, २०८३

सुनको बालासहित दुई जना पक्राउ

प्रहरीले सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

काठमाडौं- प्रहरीले सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको आगमन पार्किङ एरियामा मलेसियाबाट काठमाडौं आएका यात्रुसँग भन्सार छली गर्न लगाइ सुनको बाला संकलन गरिरहेका दुई जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-३ का ३७ वर्षीय धर्मबहादुर सुनार र खोटाङ रुपकोट मझुवागढी-१० का हरिप्रसाद गिरी रहेका छन्। उनीहरूको साथबाट प्रहरीले १५० ग्रामका तीन बाला बरामद गरेको जनाएको छ। 

उक्त बलाको अन्दाजी मूल्य १२ लाख १४ हजार २५ हुने प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 20, 2021| 07:35 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।