शनिबार, जेठ २, २०८३

कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई जुम्लामा बाजागाजासहित स्वागत

अन्तरिम आदेश पछि प्रतिष्ठान रहेको जुम्ला पुगेका उपकुलपति डा. रावलसहितको टोलीलाई स्थानीय र कर्मचारीले शुक्रबार बाजागाजसहित स्वागत गरेका हुन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

National life

काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारीलाई जुम्लामा स्थानीयले बाजागाजासहित स्वागत गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कामकाज गर्न रोक लगाएपछि अदालत गएका उपकुलपति डा. मंगल रावलको पक्षमा उच्च पाटनले अन्तरिम आदेश दिएको थियो। 

अन्तरिम आदेश पछि प्रतिष्ठान रहेको जुम्ला पुगेका उपकुलपति डा. रावलसहितको टोलीलाई स्थानीय र कर्मचारीले शुक्रबार बाजागाजसहित स्वागत गरेका हुन्। 

स्नातक तहका कार्यक्रम सञ्चालन हुनै लागेका बेला प्रतिष्ठानका उपकुलपतिलगायतका पदाधिकारीको कामकाजमा रोक लगाएको भन्दैं स्वास्थ्य मन्त्रीको निर्णयको चौतर्फी विरोध भएको थियो। प्रतिष्ठानले १९ मंसिरदेखि एमबीबीएस, बीएनएस र बी फार्मको पठनपाठन सुरु गर्दैछ।

प्रकाशित: Nov 19, 2021| 20:54 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्