शनिबार, चैत ७, २०८२

६ करोड डोज खोप आउँदैछ, 'बुस्टर'बारे छलफल भइरहेको छ : स्वास्थ्यमन्त्री खतिवडा

मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले ६ करोड खोपको सुनिश्चितता गरेको बताएका हुन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट बञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका छन्। 

National life

मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले ६ करोड खोपको सुनिश्चितता गरेको बताएका हुन्। 

'करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छौँ, विश्व स्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ। केही सम्झौताको चरणमा छ। जनताका लागि ६ करोड खोप सुनिश्चित गरिसकेका छौँ, अब खोपको अभाव हुँदैन,' उनले भने।

१२ वर्षदेखि १८ वर्षका नागरिकका लागि एक करोड खोप सम्झौता भइसकेको जानकारी उनले दिए। अमेरिकामा ५ वर्षसम्मका बालबालिकालाई खोप लगाएको र भारत तथा चीन पनि त्यस्ता खोपको परीक्षण भइरहेकाले त्यो सफल हुनेबित्तिकै १२ वर्षभन्दा तल ५ वर्षसम्मका बालबालिकाका लागि पनि खोप ल्याउने उनको भनाइ छ।

दुई डोज खोप दिएर नपुग्ने भन्दै उनले तेस्रो डोज खोज बुस्टर लगाउनुपर्ने चर्चा चलिरहेकाले त्यसबारेमा पनि सरकारले छलफल चलाएको र आवश्यकता परे तेस्रो डोज दिनका लागि बुस्टर खोप पनि ल्याइने बएका थिए।

Laxmi sunrise bank
kumari

स्वास्थ्य बीमा भुक्तानीको व्यवस्थापनमा आएको चुनौतीलाई पन्छाउँदै सरकारले बीमाको बाँकी भुक्तानी छिटै गर्ने बताउँदै उहाँले प्रत्येक नागरिकलाई अहिले तिरेको रु तीन हजार ५०० पनि नतिर्ने गरी निःशुल्क स्वास्थ्य बीमा गराउन कति बजेट लाग्छ भनेर अध्ययन भइरहेको जानकारी दिए। 

एमालेका अध्यक्ष केपी ओलीको गुटका रूपमा पार्टी चलेपछि विद्रोह गरेको भन्दै मन्त्री खतिवडाले भने, 'नीति नभई नेता प्रधान भएको र ओलीको टाङमुनि बस्नुपर्ने भएपछि पार्टीबाट विद्रोह गरेका हौँ।  ७० करोड, ओम्नी र मनोहरा कटाउँछौँ भन्ने गुण्डालाई लिएर पार्टी फुटाउने योजनामा रहेको थाहा पायौँ, त्यसैले विद्रोह गर्‍यौँ।'

केपी ओलीलाई केन्द्रदेखि सात वटै प्रदेशबाट सत्ताच्यूत गरेर देखाइदिएको भन्दै उनले भने, 'बालुवाटारबाट बालकोट पुर्‍यायौँ, बालकोटको पनि बार्दलीमा छन्। अबको चुनावबाट ओलीलाई बार्दलीबाट बगरमा पुर्‍याइदिन्छौँ।'

अबको तीन तहकै चुनावमा नेकपा समाजवादी एमालेभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै मन्त्री खतिवडाले भने, 'अब एमाले राप्रपाको वैशाखी टेकेर चुनावमा जाँदैछ, हामी प्रजातान्त्रिक बाम गठबन्धन बनाएर चुनावमा जाँदैछौँ, ओली अबको चुनावमा एउटा काँधमा हलो, अर्को काँधमा सूर्य र अगाडि गाई लगाएर हिँड्ने छन्, त्यसपछि देखिने छ, पार्टीको हैसियत।'

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानी खापुङले यो सरकारमा जति बसिन्छ, त्यतिञ्जेल नराम्रो काम नगर्ने प्रतिबद्धताका साथ अगाडि बढेको बताएका थिए। उनले संविधानमाथि आक्रमण गरेपछि आफ्नै पार्टीको अध्यक्ष र प्रधानमन्त्रीलाई सत्ताबाट हटाएर प्रतिद्वन्द्वीलाई सरकारमा लगेको बताउँदै नेकपा समाजवादीको सफलता यो पनि रहेको बताएका थिए।

प्रकाशित: Nov 19, 2021| 20:31 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्