शनिबार, चैत ७, २०८२

२४ घण्टामा २९६ संक्रमित थपिँदा ३६९ संक्रमणमुक्त, ५ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या ११ हजार ४९४ पुगेको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा २९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अद्यावधिक गरेको विवरण अनुसार ९ हजार ९७२ नमूना परीक्षणमा उक्त संख्यामा संक्रमण भएको पुष्टि भएको हो। 

National life

यस्तै पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ। योसँगै कुल संक्रमित मृतकको संख्या ११ हजार ४९४ पुगेको छ। 

मन्त्रालयका अनुसार थप ३६९ जना संक्रमणमुक्त भएका छन्। यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ। 

हाल मुलुकभर ७ हजार ५३९ सक्रिय संक्रमित छन्।

प्रकाशित: Nov 19, 2021| 16:57 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्