शुक्रबार, कात्तिक २८, २०८२

बैंकिङ कसुरमा ३० लाख जरिवाना सुनाइएका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूरको मुद्दाका ३० लाख जरिवाना सुनाइएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- बैंकिङ कसूरको मुद्दाका ३० लाख जरिवाना सुनाइएका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। बुढानीलकण्ठ नगरपालिका-३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका-११ स्थायी वतन भएका ४६ वर्षीय अन्दीराम इजम लिम्बूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ। 

National life

उक्त मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले ५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बूलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर नयाँठिमीबाट पक्राउ गरेको हो। 

लिम्बूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसूरमा अदालतले उक्त फैसला गरेको थियो। 

उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ। 

प्रकाशित: Nov 19, 2021| 16:44 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।