शनिबार, चैत ७, २०८२

शैक्षिक प्रतिष्ठानमा राजनीतिक हस्तक्षेप नगर्न डा केसीको माग

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा राजनीतिक हस्तक्षेप नगर्न माग गरेका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा राजनीतिक हस्तक्षेप नगर्न माग गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिर्जना भएको पदाधिकारी विवादबारे ध्यानाकर्षण भएको उल्लेख गर्दै राजनीतिक हस्तक्षेप नहुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्। 

National life

शैक्षिक संस्थामा पदाधिकारी नियुक्त गर्दा पारदर्शी प्रक्रियाबाट निर्विवादित, योग्य र वरिष्ठ व्यक्तिलाई नियुक्त गर्नुपर्ने र शैक्षिक संस्थाको स्वायत्ततामा सरकारले हस्तक्षेप गर्न नहुने बताएका छन्। 

१९ मंसिरदेखि एमबीबीएस कक्षा सञ्चालनको तयारीमा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कामकाज नगर्न निर्देशन दिएपछि विवाद सिर्जना भएको थियो। जसका कारण त्यहाँको एमबीबीएसलगायतका कार्यक्रम अन्योलमा पर्ने आशंका पैदा भएको थियो। 

मन्त्री खतिवडाको उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहित कर्णालीका पदाधिकारी अदालत गएका थिए। पाटन उच्च अदालतले उक्त मुद्दामा पदाधिकारीलाई कामकाज गर्न नदिने मन्त्रीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

प्रकाशित: Nov 19, 2021| 15:54 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्