बुधबार, जेठ २०, २०८३

कर्णालीका मुख्यमन्त्रीले १४ मंसिरमा विश्वासको मत लिने

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यही मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यही मंसिर १४ गते विश्वासको मत लिने भएका छन्।

National life

नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्। मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका हुन्।

विश्वासको मत लिने उद्देश्यले संसद् बैठक डाकिएको छ। मंसिर १४ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको कर्णाली प्रदेश सभाका निमित्त सचिव जेतप्रकाश जोशीले जानकारी दिए।

कांग्रेस संसदीय दलका नेता शाही २१ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्। ३५ सदस्यीय कर्णाली प्रदेश सभामा विश्वासको मत पाउन १८ जना सांसदको साथ आवश्यक हुन्छ। संयुक्त गठबन्धनमा २१ जना सांसद छन्।

प्रदेश सभामा कांग्रेसका ६, माओवादीका १२ र समाजवादीका ३ जना छन्। प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल एमालेका १३ र तटस्थ रहेको राप्रपाका एक जना सांसद छन्। यही कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने निश्चित जस्तै छ।

Shivam cement

सत्ता साझेदार गठबन्धनबीच मन्त्रालय बागबन्डा नमिल्दा कर्णाली सरकारले पूर्णता पाउन सकेको छैन। आठ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसले मुख्यमन्त्रीसहित ३, माओवादीले ४ र समाजवादीले ३ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन्। मुख्यमन्त्रीलाई विश्वासको मत दिनुअघि मन्त्रालय भागबन्डा टुंगो लगाउने माओवादी र समाजवादीको रणनीति छ।


प्रकाशित: Nov 19, 2021| 15:13 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।