बुधबार, भदौ ३, २०८३

जहाँ भगवतीसँग चिच्याएर वर माग्नुपर्छ

पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ। जिल्लाको तिनाउ गाउँपालिका–४ सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

पाल्पा– पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ। जिल्लाको तिनाउ गाउँपालिका–४ सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ। 

सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए।। सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन छ। रातका समयमा हजारौंले एकै पटक चिच्याएर वर माग्दा जंगलको सुनसान रात गुञ्जायमान हुने गर्दछ। 

बुधबारदेखि सो तीन दिने मेला सुरु भएको हो। यस मन्दिरकी देवी अर्थात् बज्यैलाई पूजा गरेपछि टीका, चुरा र साडी चोलीसमेत चढाउने चलन छ भने परेवा र बाख्राको बलि दिने पनि गरिन्छ। यहाँको मन्दिरमा रातको समय चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वासका साथ अहिले मन्दिर क्षेत्रमा वर माग्नेको चहलपहल बढेको छ। रातको समय सत्यवती तालमा लिंगो गाडेर बिहान सोही लिंगो चिनेर पूजा गर्ने चलन छ। 

पहाडको टुप्पोमा मन्दिर र तालसमेत रहेको छ। ताल परिक्रमा गरी मन्दिरमा पूजा गर्दै आउने चलन छ। प्रत्येक वर्ष कात्तिक शुल्क त्रयोदशीदेखि पूर्णिमासम्म सत्यवती तालमा धार्मिक मेला लाग्ने गर्दछ। मेला अवलोकन गर्नका लागि पाल्पा, गुल्मी, रुपन्देही, नवलपरासी, कपिलवस्तु र भारतबाट समेत श्रद्धालु भक्तजनहरु भित्रिन्छन्।

पाल्पा बुटवल सडक खण्डको चौबीस माइल र बुटवल क्षेत्रबाट आउनेले झुम्साबाट मन्दिर क्षेत्र जान सकिन्छ। करिब दुईदेखि तीन घण्टा उकालो हिँडेपछि सत्यवती मन्दिरमा पुगिन्छ। 

–रासस

प्रकाशित: Nov 19, 2021| 12:22 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।