शनिबार, चैत ७, २०८२

मधुमेहका बिरामीलाई योगासन धेरै फाइदाजनक

नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दै गएको छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

मधुमेह जीवनशैलीको गडबडीको कारणले गर्दा हुने स्वास्थ्य समस्या हो। जसले विश्वभर ४० करोडभन्दा बढी मानिसहरूलाई असर गरेको छ। नेपालमा पनि मधुमेहका बिरामीको संख्या वर्षेनी बढ्दो छ। स्वास्थ्य विज्ञहरूका अनुसार खानपान र जीवनशैलीलाई सही राखेर नियमित योग गर्नाले यस गम्भीर रोगबाट बच्न सकिन्छ।

National life

त्यस बाहेक पहिलेदेखि नै मधुमेहको समस्या भएकाहरूले योगको माध्यमबाट यसको जटिलता कम गर्न सक्छन्। यो तीव्र गतिमा बढ्दो स्वास्थ्य समस्याको बारेमा मानिसहरूलाई सचेत गराउन प्रत्येक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ। योग विज्ञहरूका अनुसार नियमित रूपमा केही योग आसन गर्नाले मधुमेह नियन्त्रणमा मद्दत पुग्न सक्छ।

धनुरासन योग 

धनुरासन योगलाई मधुमेह रोगीका लागि फाइदाजनक मानिन्छ। यो योग प्यान्क्रियाजलाई स्वस्थ राख्न निकै उपयोगी हुन सक्छ। यो योगको नियमित अभ्यास मधुमेहका रोगीका लागि फाइदाजनक मानिन्छ। यस बाहेक धनुरासन योगले पेटको मांसपेशीलाई बलियो बनाउन, पाचनलाई बढावा दिने, पेट दुख्ने समस्यालाई पनि कम गर्छ।

बालासन योग

Laxmi sunrise bank
kumari

बालासन योगको अभ्यास मधुमेह रोगीहरूको लागि फाइदाजनक हुन सक्छ। यसले ह्यामस्ट्रिङ, मांसपेशी र मेरुदण्डको कर्डलाई सहयोग गर्छ। यो योगलाई तनाव, थकान, ढाड र घाँटीको दुखाइ कम गर्नुका साथै इन्सुलिन उत्पादन गर्ने बेटिनको उत्पादन बढाउन लाभदायक मानिन्छ। यो योग आसन मधुमेहको जटिलता कम गर्न लाभदायक मानिन्छ।

कोब्रा आसन योग

मांसपेशीको शक्ति बढाउनुको साथसाथै यो योगलाई ढाड दुखाइ कम गर्न र रगतमा चिनीको मात्रा नियन्त्रण गर्न फाइदाजनक मानिन्छ। इन्सुलिनको उत्पादनलाई ठीक राख्न यो योग आसन दैनिक गर्न सकिन्छ। कोब्रा आसन वा भुजंगासन योग समग्र स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ।

पश्चिमोत्तनासन योग 

पश्चिमोत्तनासन योग मधुमेह रोगीहरूको लागि विशेष फाइदाजनक मानिन्छ। यो योग आसन शरीरको अतिरिक्त बोसो हटाउनका साथै चिन्ता र तनाव कम गर्न फाइदाजनक मानिन्छ। यी सबैलाई मधुमेहको कारक मानिन्छ। पश्चिमोत्तनासन योग नियमित रूपमा अभ्यास गर्दा मधुमेहका कारक र जटिलताहरू कम गर्न मद्दत गर्दछ।   -अमर उजालाबाट

प्रकाशित: Nov 20, 2021| 07:46 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्