बुधबार, भदौ ३, २०८३

हर्नियाको अप्रेसन गर्दा बालकको दृष्टि गुमेपछि...

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका दुई वर्षीय बालक अनिप तामाङको हर्नियाको शल्यक्रियापछि आँखाको दृष्टि गुमेको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

तनहुँ– शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडाका दुई वर्षीय बालक अनिप तामाङको हर्नियाको शल्यक्रियापछि आँखाको दृष्टि गुमेको छ। गत भदौ २० गते पोखरास्थित ‘मेडिप्लस हस्पिटल’मा सो शल्यक्रिया गरिएको थियो।

दृष्टि गुमेपछि अहिले छोरा बोल्न र हिँड्नसमेत नसक्ने अवस्थामा पुगेको बालकका आमा सानीले जानकारी दिइन्।। ज्याला मजदुरीका भरमा जीविकोपार्जन गर्दै आएको सो परिवारमा आर्थिक अवस्थाका कारण छोराको उपचार गराउन नसकेपछि घरमा राख्दै आएका थिए। 

मकवानपुरको भीमफेदी घर भई हाल तनहुँको दुलेगौँडामा तामाङ परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्। सो परिवारको समस्याका बारेमा स्थानीय युवा समाजसेवी शङ्कर पन्तले थाहा पाएपछि उनकै नेतृत्वमा युवा समूहले रु. ५५ हजार सङ्कलन गरी बिहीबार तामाङ परिवारलाई हस्तान्तरण गरेका छन्। पहिलो चरणमा बालकको शारीरिक अवस्था र रोग पहिचान गर्न उक्त रकमले सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।

रोग पहिचान भई उपचार सम्भव हुने अवस्थामा युवा समूहले अभियान चलाएरै रकम सङ्कलन गरी बालकको उपचारमा सहयोग गर्ने योजना रहेको उनले बताए। छोराको उपचार गराउने चाहना हुँदाहुँदै पनि आर्थिक अभावका कारण अस्पतालमा लैजान नसकेर घरमै राख्नुपरेको आमा सानीले गुनासो गरिन्।

–रासस

प्रकाशित: Nov 19, 2021| 12:12 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।