बुधबार, भदौ ३, २०८३

आइतबारसम्म आकाश धुम्मिने

अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम पर्सि आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं– अरब सागरमा बनेको न्यूनचापीय प्रणालीबाट प्रभावित मौसम पर्सि आइतबारदेखि क्रमिक सुधार हुँदै जाने भएको छ।

नेपालमा अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार उक्त प्रणालीको प्रभाव आइतबार मध्याह्नबाट क्रमिक सुधार हुँदै जानेछ। यस अवधिमा देशको अधिकांश  स्थानमा आंशिकदेखि सामान्य बदलीका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपात र सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती  प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। ठूलो पानी पर्ने सम्भावना भने छैन।

हाल देशको प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली भई बाँकी प्रदेशहरुमा सामान्यतया बदली रहेको छ। दिउँसो कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका भूभागहरुमा सामान्य  बदली रही बाँकी प्रदेशका भूभागहरुमा आंशिकदेखि सामान्य बदली  रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव एक डिग्री र अधिकतम तापक्रम २२ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री र सबैभन्दा धेरै वीरेन्द्रनगरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ। 

–रासस

प्रकाशित: Nov 19, 2021| 11:24 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।