काठमाडौं– नेपाल बार एसोसिएसनले आज शुक्रबार पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलित कानुन व्यवसायीहरूले धर्ना जारी राखेका हुन्।
धर्नाका क्रममा प्रहरी र कानुन व्यवसायीबीच धकेलाधकेल भएको छ। त्यसक्रममा अधिवक्ता लक्ष्मी पोखरेललाई चोट लागेको बताइएको छ।
बारले प्रधानन्यायाधीश जबरालाई राजीनामा दिनका लागि आज दिउँसो ३ बजेसम्मको अल्टिमेटम दिएको छ। राणाले राजीनामा नदिए थप सशक्त कदम चाल्ने बार एसोसिएसनले चेतावनी दिएको छ।
सर्वोच्चको मूल गेटमा धर्ना दिँदै आएका कानुन व्यवसायीहरु हिजो बिहीबार सर्वोच्चको वैकल्पिक गेटतर्फ अघि बढ्न लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष श्रेष्ठसहित नेपाल बार र सर्वोच्च बारका केही पदाधिकारीसहित कानुन व्यवसायी घाइते भएका थिए।
प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु ३ सातादेखि आन्दोलनमा छन्।