धादिङ- धादिङको झार्लाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहीबार बिहान ७ः२१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यो भूकम्प पनि गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ । भूकम्पले हल्लाएपछि स्थानीय बासिन्दा त्रसित भएर घर बाहिर निस्किएका थिए ।
यसअघि १४ असारमा पनि धादिङको सुन्दरबजार केन्द्रबिन्दु बनाएर ५ रेक्टरको परकम्प गएको थियो । उक्त परकम्पको धक्का काठमाडौंसम्म महशुस गरिएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४