बुधबार, भदौ ३, २०८३

बार परिसरमा छिरेर वकिललाई धम्क्याउने दुईजना पक्राउ

नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीहरूलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शुक्रबार, मंसिर ३, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ३, २०७८

काठमाडौं– हिजो बिहीबार नेपाल बार एसोसिएसन परिसरभित्रै छिरेर वकिलहरूलाई धम्की दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई बिहीबार राति नियन्त्रणमा लिइएको हो। आफ्नै घरबाट पक्राउ परेका उनीहरु अहिले परिसरको नियन्त्रणमा छन्। पक्राउ परेका ढकाल काठमाडौं महानगरपालिका– ६ बौद्ध र श्रेष्ठ कागेश्वरी मनहरा नगरपालिका–६ मूलपानीका बासिन्दा हुन्।

​बिहीबार दिउँसो प्रधानन्यायाधी चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलन भइरहेका बेला अचानक केही व्यक्ति बार परिसरभित्रै पसेर वकिलहरूलाई तथानाम गाली गरेका थिए। केहीबेरको भनाभनपछि प्रहरीले नै उनीहरुलाई भगाएको थियो। 


प्रकाशित: Nov 19, 2021| 09:32 शुक्रबार, मंसिर ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।