काठमाडौं- काठमाडौंको माइतीघर मण्डलामा मोटरसाइकल दुर्घटना परी एक जनाको ज्यान गएको छ।
गएराति दुई बजे बागमती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल माइतीघर मण्डलामा रहेको जेब्राक्रस नजिकै पल्टिएको थियो। दुर्घटनामा मोटरसाइकल पछाडि सवार काभ्रेका २१ वर्षीय रोमन मल्लिकारको ज्यान गएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पल्टिँदा मल्लिकार सडकपेटीमा ठोक्किँएका थिए। उनको माइतीघर नजिकै रहेको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।