आइतबार, जेठ २१, २०८०

१३औं इजरायली चलचित्र महोत्सवले पहिलोपटक ‘ड्राइभ इन शो’ गर्दै

यही मंसिर १० र ११ गते नेपालमा इजरायली दूतावासले १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– यही मंसिर १० र ११ गते नेपालमा इजरायली दूतावासले १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।

Everest Bank

इन्टरनेसनल साउन्ड सर्भिसेसको सहकार्यमा हुने हुने महोत्सव पाँचतारे होटल सोल्टीको पार्किङ क्षेत्रमा आयोजना हुनेछ। महोत्सवले नेपालमा ‘फर्स्ट इभर ड्राइभ इन फिल्म शो’ मार्फत पृथक किसिमको चलचित्र भित्रिने आयोजनक टिमले विज्ञप्तिमार्फत बताएको छ।

‘विश्वमा ड्राइभ इन शो नौलो होइन, तर नेपालमा भने यो पहिलोपटक हँुदैछ। यस महोत्सवको विशेषता भनेको आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेरिन्छ। यो शैली कोरोनाबाट प्रभावित भएको फिल्म क्षेत्रलाई थप टेवा पुर्याउने अपेक्षा राखेको छ दूतावासले। सामाजिक दूरी कायम राख्दै परिवारसँग बसेर यो चलचित्र हेर्न हरेक व्यक्तिलाई खुला छ। यस्ता चलचित्रले नेपाल र इजरायलको सांस्कृतिक तथा सामाजिक सम्बन्ध प्रगाढ बनाउनुका साथै चलचित्रकर्मीलाई हौसला दिन सक्छ,’ विज्ञप्तिमा भनिएको छ। दर्शकले आफ्नो पार्किङ स्थान सुरक्षित गर्नका लागि भने सोल्टी होटलको वेबसाइटमा गएर फर्म भर्नुपर्ने छ। 


प्रकाशित: Nov 18, 2021| 02:40. 52 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कथा लेख्नुको मजा छुट्टै छ, धेरै पात्रको जीवन बाँच्न  पाइन्छ: मनिषा गौचन [अन्तर्वार्ता]

'फूलहरुको रंग छैन' कविता संग्रहमार्फत साहित्यमा दर्बिलो उपस्थिति जनाएकी मनिषाको उपन्यास ‘वल्लीको डायरी’ २०६३ मा प्रकाशित भएको थियो। यो उपन्यासले उनलाई राम्रोसँग चिनाएको छ।

त्रयम् अनि बुद्ध र भिखारी मञ्चन

एउटा फ्ल्याट लिएर भाडामा बस्ने तीन युवतीको कथा समेटिएको नाटक त्रयम् अनि बुद्ध र आफ्नो झुपडीमा मुसाले दिएको दुःखबाट दिक्क भएर भाग र भाग्यको अर्थ...