सोमबार, असोज २६, २०८३

१३औं इजरायली चलचित्र महोत्सवले पहिलोपटक ‘ड्राइभ इन शो’ गर्दै

यही मंसिर १० र ११ गते नेपालमा इजरायली दूतावासले १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं– यही मंसिर १० र ११ गते नेपालमा इजरायली दूतावासले १३ औं इजरायली चलचित्र महोत्सव आयोजना गर्ने भएको छ।

इन्टरनेसनल साउन्ड सर्भिसेसको सहकार्यमा हुने हुने महोत्सव पाँचतारे होटल सोल्टीको पार्किङ क्षेत्रमा आयोजना हुनेछ। महोत्सवले नेपालमा ‘फर्स्ट इभर ड्राइभ इन फिल्म शो’ मार्फत पृथक किसिमको चलचित्र भित्रिने आयोजनक टिमले विज्ञप्तिमार्फत बताएको छ।

‘विश्वमा ड्राइभ इन शो नौलो होइन, तर नेपालमा भने यो पहिलोपटक हँुदैछ। यस महोत्सवको विशेषता भनेको आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेरिन्छ। यो शैली कोरोनाबाट प्रभावित भएको फिल्म क्षेत्रलाई थप टेवा पुर्याउने अपेक्षा राखेको छ दूतावासले। सामाजिक दूरी कायम राख्दै परिवारसँग बसेर यो चलचित्र हेर्न हरेक व्यक्तिलाई खुला छ। यस्ता चलचित्रले नेपाल र इजरायलको सांस्कृतिक तथा सामाजिक सम्बन्ध प्रगाढ बनाउनुका साथै चलचित्रकर्मीलाई हौसला दिन सक्छ,’ विज्ञप्तिमा भनिएको छ। दर्शकले आफ्नो पार्किङ स्थान सुरक्षित गर्नका लागि भने सोल्टी होटलको वेबसाइटमा गएर फर्म भर्नुपर्ने छ। 


प्रकाशित: Nov 18, 2021| 14:40 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।