बिहीबार, भदौ १९, २०८२

कांग्रेस पालिका अधिवेशन : सुर्खेतमा संस्थापन समूह बलियो

नेपाली कांग्रेसले बुधबार सुर्खेतका स्थानीय तहको नेतृत्व चयन गरेको छ। निर्वाचनको मतपरिणाम आएका ६ स्थानीय तहमा संस्थापन (शेरबहादुर देउवा) समूहको दबदबा देखिएको छ।
 |  बिहीबार, मंसिर २, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

vianetvianet

सुर्खेत- नेपाली कांग्रेसले बुधबार सुर्खेतका स्थानीय तहको नेतृत्व चयन गरेको छ। निर्वाचनको मतपरिणाम आएका ६ स्थानीय तहमा संस्थापन (शेरबहादुर देउवा) समूहको दबदबा देखिएको छ।

Kumaribank

जस अनुसार सिम्ता गाउँपालिकामा विरेन्द्र रावत, गुर्भाकोट नगरपालिकामा हस्तबहादुर पुन, भेरीगंगा नगरपालिकामा रामबहादुर सिंह, लेकबेशी नगरपालिकामा उमेश पौडेल, चिङ्गाड गाउँपालिकामा डोरप्रसाद शर्मा र बराहताल गाउँपालिकामा भीम भण्डारी सभापतिमा निर्वाचित भएको निर्वाचन अधिकृत मदन रेग्मीले जानकारी दिए।

पुन र पौडेल सर्वसम्मत निर्वाचित भएका हुन्। कांग्रेसले गुर्भाकोटका र लेकबेशी बाहेकका पालिकामा निर्वाचनमार्फत नेतृत्व चयन गरेको हो। निर्वाचनको पदपरिणाम आएका सबै पालिकामा सभापतिसहितका पदमा संस्थापन समूहकै वर्चस्व देखिएको छ।

पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिमा मतपरिणाम आइसकेको छैन। यता वीरेन्द्रनगर नगरपालिकामा भने बिहीबार निर्वाचन हुँदैछ। 

वीरेन्द्रनगरमा सभापतिको लागि नारायण कोइराला र उपेन्द्र खड्का भिड्दै छन्। कोइराला संस्थापनइतर र खड्का संस्थापन समूहबाट निर्वाचनमा भिड्दै छन्। वीरेन्द्रनगर विगतदेखि नै थानी समूहका गढका रूपमा चिनिन्छ।

Metro Mart

उसो त यसअघिसम्म सुर्खेतमा संस्थापनइतर समूह बलियो थियो। यसपालि भने वडादेखि पालिकासम्म संस्थापन समूह हाबी भएको छ। सुर्खेतमा संस्थापन समूहको नेतृत्व पार्टी महामन्त्री पूर्णबहादुर खड्का र संस्थापनइतर समूहको नेतृत्व केन्द्रीय सदस्य हृदयराम थानीले गर्दै आएका छन्।

प्रकाशित: Nov 18, 2021| 06:51 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।