मंगलबार, असार ३०, २०८३

नविता विजेश्वरीको ‘ब्रान्ड एम्बासडर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- सात पटक टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई बुधबार विजेश्वरी माविले‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरेको छ।

उनलाई विजेश्वरी स्कुल र स्कुलको टेबलटेनिसको प्रवद्र्धनका लागी‘ब्रान्ड एम्बासडर’मा नियुक्त गरेको हो। अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यको उपस्थितिमा नविता र विजेश्वरीकी प्रिन्सिपल विन्दु तुलाधरले सम्झौता पत्रमा हस्ताक्षर गरे। 

सम्झौता हाललाई एक वर्षको हुनेछ। ‘ब्रान्ड एम्बासडर’ भए वापत विजेश्वरीले नवितालाई १ लाख २० हजार रुपैयाँ उपलब्ध गराउने छ। कुनैपनि संस्थाले टेबलटेनिस खेलाडीलाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको यो नै पहिलो पटक हो।

लगातार सातौंपटककी राष्ट्रिय च्याम्पियन नविताले विजेश्वरीमा नर्सरीदेखि एसएलसी (हाल एसईई) सम्म अध्ययन गरेकी थिइन्। कार्यक्रममा प्रिन्सिपल तुलाधरले विजेश्वरी टेबलटेनिस खेलमै बढी केन्द्रीत भइ उत्कृष्ट खेलाडी उत्पादन गर्न सकेकोले नवितालाई ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरिएको बताइन्।

नविताले विजेश्वरीमा पाएको ‘प्लेटफर्म’ बाटै आफू आज यो स्थानमा पुग्न सफल भएको बताउदै आफूलाई सुम्पिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी नराख्ने बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।