शुक्रबार, कात्तिक २८, २०८२

मेलम्चीको चार विधेयक संशोधनसहित पारित

मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०७८ संशोधनसहित पारित गरेको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

National life
Laxmi sunrise bank
kumari

सिन्धुपाल्चोक- मेलम्ची नगरपालिकाको दशौँ नगरसभा सम्पन्‍न भएको छ। नगरसभाले मेलम्ची नगरपालिकाको विनियोजन ऐन २०७८ संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०७८ संशोधनसहित पारित गरेको छ। 

नगर प्रमुख डम्बर अर्यालले आर्थिक वर्ष २०७८-७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा राहत पुनःस्थापना नदी नियन्त्रण र बाढीका कारण अवरुद्ध भएको सडक मर्मतसम्भार गरी पुनःसञ्चालनको लागि हालसम्म रु दुई करोड ४७ लाख ५५ हजार खर्च भएको उल्लेख गरीएको छ। हालसम्म मेलम्ची बाढीपीडित राहत तथा पुनःस्थापना कोषमा रु पाँच करोड ४४ लाख ४६ हजार ६०० सहयोग प्राप्त भएको नगर प्रमुख डम्बर अर्यालले उल्लेख गरे। 

मेलम्ची–११ डुडेबेँसीमा १५ शय्याको अस्पताल निमार्णको लागि रु १५ करोड ९१ लाख ८५ हजार ७०० मा ठेक्का सम्झौता भई अस्पताल निमार्ण कार्य भइरहेको, मेलम्ची–१२ मा सहरी क्लिनिक सञ्चालनको लागि एकतले भवन निर्माणको काम सम्पन्न भएको, मेलम्ची–१२ स्थित टुनिखर्कमा फोहोरमैला व्यवस्थापन कार्य सुरु भएको प्रतिवेदनमा उल्लेख गरीएको छ। प्रतिवेदनमा चालु आर्थिक वर्षमा इन्द्रावती र मेलम्ची नदी क्षेत्रबाट ढुङ्गा, गिट्टी र बालुवा बिक्री गरी आन्तरिक राजस्व सङ्कलनको लागि रु २४ करोड ९५ लाख ५७ हजारमा तीनपिप्ले निर्माण सेवा काठमाडौँसँग ठेक्का सम्झौता गरिएको अर्यालद्वारा प्रस्तुत भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: Nov 17, 2021| 23:30 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।