बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल मिडिया अवार्ड पुसमा, २५ विधामा सम्मान गर्ने घोषणा

नेपाल मिडिया अवार्ड पुसमा, २५ विधामा सम्मान गर्ने घोषणा

ड्रिम हाइ नेपालको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा 'नेपाल मिडिया अवार्ड, २०७८' हुने भएको छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काडमाडौं- ड्रिम हाइ नेपालको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा 'नेपाल मिडिया अवार्ड, २०७८' हुने भएको छ। बुधबार राजधानीको होटल सोल्टीमा आयोजित एक कार्यक्रममार्फत पुस २३ मा हुने अवार्डको औपचारिक घोषणा गरिएको हो। 

अवार्ड २५ विधामा वितरण हुने आयोजकले जनाएको छ। 'टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ,' आयोजक संस्थाका प्रबन्ध निर्देशक कमल जिसीले भने, 'उल्लेखित विधाबाहेक भूगोलतर्फको सात प्रदेशबाट २-२ जनालाई सम्मान गरिनेछ।' नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्‍याउने दुई विशिष्ट सञ्चारकर्मीलाई 'लाइफटाइम एचिभमेन्ट' सम्मान प्रदानसमेत गरिने आयोजकले जानकारी दिएको छ। 

महासंघका पूर्व अध्यक्षसहित सञ्चारविज्ञको ५ सदस्यीय निर्णायक टिमले सम्मानयोग्य सञ्चारकर्मी छनोट गर्नेछ। कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरुको कामलाई सम्मान गर्ने र हौसला दिने यो प्रकारको काममा महासंघ सहकार्य गर्न पाएको भन्दै खुशी व्यक्त गरे। 

पौष २३ मा आयोजना हुने उक्त अवार्ड समारोहको घोषणा कार्यक्रममा शुभकामना दिन वरिष्ठ सञ्चारकर्मी ऋषि धमला, वरिष्ठ सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी, नेपाली फिल्म अभिनेता रमेश उप्रेती लगायत पत्रकारितासँग प्रतिनिधित्व गर्ने दर्जनभन्दा बढी संस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित थिए।

कार्यक्रममा प्रायोजक कम्पनी 'ब्ल्याकहर्स सुज इन्डष्ट्रिज प्रा.लि. र जोय पपैया नेपालसँग आयोजकले प्रायोजन सम्झौता समेत गरेको छ। आयोजकको तर्फबाट ड्रिम हाइ नेपालका प्रबन्ध निर्देशक जिसीले ब्ल्याक हर्स सुजका चीनबहादुर श्रेष्ठ र जोय पपैया नेपालका कन्ट्री म्यानेजर मदन रौनियारसँग सम्झौता आदानप्रदान गरेका थिए।

आयोजकले नेपालमा पहिलोपटक मिडिया अवार्ड आयोजना गर्न लागिएको दाबी गरेको छ। 

प्रकाशित: Nov 17, 2021| 20:33 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।