सोमबार, चैत २, २०८२

अमेरिकाविरुद्ध मोर्चाबन्दी गर्न ईयूसँग चिनियाँ ‘अफर’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
बर्लिन- चीनले युरोपियन युनियन (ईयू)लाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको पछिल्लो व्यापार नीतिविरुद्ध मोर्चाबन्दी गर्न ‘अफर’ दिएको छ।

ब्रसेल्स, बर्लिन र बेइजिङका उच्च अधिकारीबीच हालै बर्लिनमा भएको सम्मेलनमा चीनले यस्तो ‘अफर’का लागि जोड दिएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी, उप विदेशमन्त्री लुई हीलगायत उच्च कूटनीतिक अधिकारीहरू सम्मेलनमा सहभागी थिए। त्यसक्रममा ईयू र चीनबीच नयाँ व्यापारिक रणनीतिको विषयमा छलफल भएको थियो ।

विश्व व्यापार संगठनमार्फत् अमेरिकाले ल्याएको पछिल्लो व्यापार नीतिविरुद्ध सँगै अगाडि बढ्ने सहमति ईयूसँग भइसकेको दाबी चिनियाँ अधिकारीहरूको छ। 
 

युरोपेली मुलुकबाट लगानी भित्र्याउने चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्ताव


ईयूले विश्व व्यापार संगठनमा ठूलो हिस्सा ओगटेको छ। वासिङ्टनविरुद्ध मोर्चाबन्दी गर्ने चिनियाँ प्रस्ताव अस्वीकार गरिएको ईयू नेताहरूको दाबी छ। 

ईयूमाथि चीनको यस्तो प्रस्ताव नयाँ भने होइन। १६–१७ जुलाई २०१७ मा बेइजिङमा सम्पन्न ईयू र बेइजिङका अधिकारीहरूबीचको शिखर वार्तामा पनि त्यस्तै चिनियाँ दबाब आएको ईयू स्रोतको दाबी छ। 

चिनियाँ राष्ट्रपति सी जिनपिङले युरोपेली मुलुकहरूबाट लगानी भित्र्याउने इच्छा व्यक्त गर्दै आएका छन्। र, त्यो एक हिसाबले अमेरिकाविरुद्ध मोर्चाबन्दीको अफरका रूपमा देखिन्छ । दक्षिण चीन समुद्रमा व्यापार थाल्ने बेइजिङको प्रस्तावमा ईयूले सहमति दिएको छैन। 

अमेरिकी व्यापार नीतिविरुद्ध लड्न बेइजिङले साथ खोजिरहेको एक उच्च ईयू अधिकारीको भनाइ छ। चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले पनि बुधबार ईयू र चीनबीच स्वच्छन्द व्यापार नीति भएकाले विश्व व्यापार नीतिमा पुनर्विचार गर्न चिनियाँ अधिकारीहरूले प्रस्ताव गरेको जनाएको छ। 

पछिल्लो समय अमेरिकाले बाह्य मुलुकबाट आयातीत समानमा आफूखुशी कर लगाउँदै आएको छ।  उक्त अमेरिकी नीतिप्रति ईयू पनि असन्तुष्ट छ । सोही कारण चीनले मोर्चाबन्दीको प्रस्ताव ल्याएको हुन सक्ने ईयू अधिकारीहरूको अनुमान देखिन्छ। -रोयटर्स
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।