शनिबार, चैत ७, २०८२

अमला खानुका यस्ता छन् फाइदाहरू

स्वास्थ्य विज्ञहरुका अनुसार जाडो याममा दैनिक एउटा गेडागुडी खाने बानी बसाल्नु पर्छ। यो सानो फल क्याल्सियम, फाइबर र भिटामिन सी भरपूर मात्रामा हुन्छ।
 |  बिहीबार, मंसिर २, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर २, २०७८

काठमाडौं- जाडो मौसममा फलफूल तथा तरकारीहरू प्रशस्त मात्रामा पाइन्छ। जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छन्। अमला पनि एउटा यस्तो फल हो, जसलाई नेपाललगायत विश्वका धेरै देशमा धेरै प्रकारका स्वास्थ्यलाभका लागि सेवन गरिन्छ। अमलाको अचार वा विभिन्‍न स्वादका परिकार मात्रै नभई यसको दैनिक सेवनले आँखा र छालाका साथै अन्य अंगका लागि पनि फाइदाजनक हुन्छ।

National life

स्वास्थ्य पनि राम्रो रहन्छ। विज्ञहरूले मधुमेह जस्ता रोगमा अमलाको जुस सेवन गर्न सुझाव दिन्छन्। स्वास्थ्यका लागि महत्वपूर्ण मानिने अमलामा प्रशस्त मात्रामा यस्ता पोषक तत्वहरू पाइने अध्ययनले देखाएको छ।

स्वास्थ्य विज्ञहरुका अनुसार जाडो याममा दैनिक एउटा गेडागुडी खाने बानी बसाल्नु पर्छ। यो सानो फल क्याल्सियम, फाइबर र भिटामिन सी भरपूर मात्रामा हुन्छ। 

अमलामा एन्टिअक्सिडेन्ट पाइने

एन्टिअक्सिडेन्टबाट जसले शरीरलाई फ्री रेडिकलहरूको प्रभावसँग लड्न मद्दत गर्दछ। एन्टिअक्सिडेन्ट  खानाले निश्चित प्रकारको क्यान्सर, मुटु रोग, टाइप २ मधुमेह, बुढ्यौली र मस्तिष्कको क्षतिबाट जोगाउने जोखिम कम गर्ने विश्वास गरिन्छ। अमलामा धेरै प्रकारका प्रभावकारी एन्टिअक्सिडेन्टहरू पाइन्छ, त्यसैले यसको सेवन धेरै फाइदाजनक हुन्छ।

Laxmi sunrise bank
kumari

मधुमेह रोगीहरूको लागि लाभदायक

अमलाको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ। अमलामा उच्च मात्रामा फाइबर हुन्छ जसले तपाईंको रगतमा चिनीको मात्रा बढ्नबाट रोक्छ। यसले हाम्रो सानो आन्द्रामा विशिष्ट इन्जाइमहरू प्रतिबन्धित गर्दछ, रगतमा चिनीको स्तर बढ्नबाट रोक्छ।

हृदय रोगबाट टाढा राख्दछ

अमला जस्ता फलफूलको सेवनले मुटु रोगको जोखिम कम गर्छ। अमलामा एन्टिअक्सिडेन्ट र पोटासियम जस्ता धेरै पोषक तत्वहरू हुन्छन् जसले मुटुको स्वास्थ्यलाई राम्रो गर्छ। एन्टिअक्सिडेन्टले रगतमा रहेको खराब कोलेस्ट्रोलको अक्सिडेशनलाई रोकेर मुटुको स्वास्थ्यलाई सुधार गर्छ। त्यसैले अमलाको दैनिक सेवन लाभदायक मानिन्छ।

प्रतिरोधात्मक क्षमतामा वृद्धि

अमलाको जुस भिटामिन-सीको राम्रो स्रोत हो, पानीमा घुलनशील भिटामिन जसले एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ। एक अध्ययनका अनुसार अमलामा ६००-७०० मिलीग्राम भिटामिन-सी हुन्छ। अक्सिडेटिभ तनावबाट कोशिकाहरूलाई बचाउनुको साथै भिटामिन सीले प्रतिरोधात्मक क्षमता बढाउँछ।   - अमरउजाला

प्रकाशित: Nov 18, 2021| 05:35 बिहीबार, मंसिर २, २०७८
प्रतिक्रिया दिनुहोस्