आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मेयर-वडाध्यक्ष लफडा : बैठकबाट बाहिर निकाल्ने मेयरको राजनीमा माग

मेयर-वडाध्यक्ष लफडा : बैठकबाट बाहिर निकाल्ने मेयरको राजनीमा माग

गठबन्धनमा आबद्ध दलले मोरङका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख किशोर राईको राजीनामा माग गरेका छन् ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

विराटनगर– सत्ता गठबन्धनमा आबद्ध दलले मोरङका पथरी शनिश्चरे नगरपालिकाका प्रमुख किशोर राईको राजीनामा माग गरेका छन्। मंगलबार नगरपालिकाले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा वडा नम्बर ४ का वडाध्यक्ष गोविन्दबहादुर भण्डारीलाई कार्यक्रमस्थलबाट नगर प्रहरी लगाएर नगर प्रमुख राईले बाहिर निकालेपछि गठबन्धनमा आबद्ध दलले नगरप्रमुखको राजीनामा माग गरेका हुन्। 

National life

समीक्षा गोष्ठीमा वडाध्यक्ष भण्डारीले नगरको अनियमिताको सवालमा प्रश्न गरेको आधारमा नगर प्रहरी लगाएर बाहिर निकालेको सत्ता गठबन्धनको दाबी छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकिकृत समाजवादी नगर समितिले बुधबार नगर प्रमुख राईलाई ज्ञापनपत्र बुझाउँदै राजीनामाको माग गरेका हुन्।

गठबन्धनमा आबद्ध दलले नगर प्रमुख राईको राजीनामासँगै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेललाई कारबाही, वडाध्यक्षलाई कार्यक्रम स्थलबाहिर निकाल्ने नगर प्रहरीलाई निलम्बन गरिनुपर्ने लगायतका ९ बुँदे माग बुझाएको छ।

३ दिन भित्र माग पूरा नभए गठबन्धन आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ। समीक्षा गोष्ठीका क्रममा वडाध्यक्ष भण्डारीले महिला जनप्रतिनिधिलाई गाली गरेको, प्रमुख प्रशासकीय अधिकृतलाई अपशब्द प्रयोग गर्न थालेपछि कार्यक्रम स्थलबाट बाहिर निकालिएको एक कर्मचारीले बताए। वडाध्यक्ष भण्डारी नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि हुन्। नगर प्रमुख राई एमालेका तर्फबाट निर्वाचित भएका थिए।

प्रकाशित: Nov 17, 2021| 17:52 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।