मंगलबार, मंसिर १९, २०८०

'घुइँचो' मा अनुबन्धित भइन् एलिजा

नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो चलचित्र साइन गरेकी छिन्।
 |  बुधबार, मंसिर १, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– नायिका तथा मोडल एलिजा गौतमले करिअरको दोस्रो चलचित्र साइन गरेकी छिन्। क्यानडाबाट फर्किएपछि एलिजाले नयाँ चलचित्र साइन गरेकी हुन्। एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुँइचो’मा काम गर्ने पक्का भएको छ।

sagarmatha cement

निर्माता दैलेखी र नायिका गौतमले सम्झौतापत्रमा हस्ताक्षर पनि गरेका छन्। आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको युवाले अमेरिकासम्मको यात्रा गर्दाको उतारचढावको कथा भन्नेछ।

एलिजाले चलचित्र साइन गरेपछि खुशी हुँदै भनिन्, ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतीक्षा गरिरहेको थिएँ। घुइँचोमा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ।’

निर्माता दैलेखीले नायिका गौतमसँग सम्झौता भएको र अन्य कलाकार पनि चाँडै फाइनल गर्ने जानकारी दिए। चलचित्रको विषयमा दैलेखीले भने, ‘नेपालका हरेक क्षेत्रमा मानिसहरुको केही न केही प्राप्त गर्ने आशामा घुँइचो देखिन्छ। जुम्लाको एक सामान्य परिवारका युवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भिडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ।’

चलचित्र ‘अनुराग’मा काम गरेकी एलिजाले केही महिना अगाडि चलचित्र ‘घिन्ताङ’ साइन गरेकी थिइन्। तर, विविध कारणले उनले यो चलचित्र छाडेकी थिइन्। 


प्रकाशित: Nov 17, 2021| 17:10 बुधबार, मंसिर १, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

वसन्त चौधरीको 'हृदयमा बलेको साहित्यको आगो'

हृदयमा कति आगो बलेको छ भन्ने कुरा हृदयमै चिहाएर हेर्न र बाहिरी ओठको मात्र नभएर भित्री खुसी खोजेर खबर सम्प्रेषण गर्न अर्थात् छाप्न पत्रकारहरूलाई नै...
पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

पोखरामा चिनाइँदै जनकपुरको मिथिला संस्कृति

जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेलीसामु ल्याउन प्रदर्शनी गर्न लागिएको हो।
थिमिमा कुभिण्डे जात्रा मनाइयो

थिमिमा कुभिण्डे जात्रा मनाइयो

कुभिण्डे जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपातील्याई तलेजू दसैंघरमा भित्र्यापछि नवमीका दिन राँगो र बोकाको टाउको बलि दिने परम्परा रहिआएको छ।
वरिष्ठ गायिका दिलमाया खातीको निधन

वरिष्ठ गायिका दिलमाया खातीको निधन

करिब डेढ सय बढी नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गए राती निधन भएको हो।
६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

६ दशकपछि सम्झिइएका टेकवीर मुखिया 

जसले इन्द्रबहादुर राईदेखि भूपि शेरचन, लक्ष्मीप्रसाद देवकोटादेखि वीपी कोइराला र पारिजातसम्मका कृतिहरुको आवरण चित्र बनाएर अक्षरलाई कलाको माध्यमबाट मुखरित गरिदिए।