आइतबार, असोज २५, २०८३

जोशीलाई दिइयो पहिलो ई-पासपोर्ट, यस्ता छन् विशेषता

अहिले विभागले मेसिन रिडेबल पासपोर्ट जारी गरिरहेको छ। ई–पासपोर्ट जारी गर्न सुरु गरिएको भएपनि यसलाई अनिवार्य भने बनाइएको छैन। तत्कालका लागि एमआरपीबाट पनि कुनै काम अड्कने छैनन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- राहदानी विभागले विद्युतीय पासपोर्ट वितरण गर्न सुरु गरेको छ। बुधबार विभागले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट प्रदान गरी यस्तो पासपोर्ट वितरण सुरु गरेको हो।

अंग्रेजी नयाँ वर्षबाट ई–पासपोर्ट प्रचलनमा ल्याइने तयारी छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले जोशीलाई ई–पासपोर्ट वितरण गरी औपचारिक सुरुवात गरेका हुन्। 

अहिले विभागले मेसिन रिडेबल पासपोर्ट जारी गरिरहेको छ। ई–पासपोर्ट जारी गर्न सुरु गरिएको भएपनि यसलाई अनिवार्य भने बनाइएको छैन। तत्कालका लागि एमआरपीबाट पनि कुनै काम अड्कने छैनन्। 

यस्ता छन् विशेषता

विद्युतीय पासपोर्ट ६४ पृष्ठको हुनेछ। पासपोर्टको पहिलो कभर पृष्ठको भित्री पृष्ठमा नेपालको झण्डा र डाँफे राखिन्छ। पहिलो पृष्ठमा सगरमाथा, दोसोमा पोलि कार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्बिर रहनेछ।

ई–पासपोर्टमा विद्युतीय चिपसमेत हुन्छ। यसमा स्टोर भएको डाटा कम्प्युटरले रिड गर्न सक्छ। 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आइकाओ)ले ई–पासपोर्टलाई सुरक्षित भनेको छ। 

प्रकाशित: Nov 17, 2021| 16:08 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।