सोमबार, भदौ २९, २०८३

प्रदेश १ का मुख्यमन्त्रीले पाए विश्वासको मत

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभामा बुधबार भएको मतदानमा उनको पक्षमा बहुमत पुगेको हो।

बुधबार बैठक सुरु भएपछि संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै मुख्यमन्त्री राईले प्रस्ताव टेबुल गरेका थिए। उनको प्रस्तावमा सभामुख प्रदीपकुमार भण्डारीले मत विभाजन गराउँदा राईले विश्वासको मत प्राप्त गरेका हुन्।

सांसदले नामसहितको दस्तखत गराएर गरिएको मत विभाजनअनुसार राईको पक्षमा ५० सांसदले मत दिएका छन्। यसैगरी उनलाई विश्वास छैन भन्नेतर्फ २९ मत परेको छ। 

राई २०७८ कात्तिक १६ गते पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भई पाँच सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। गठबन्धन दलमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जसपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्च छन्।

प्रमुख विपक्षीमा भने एमाले र विपक्षीमा राप्रपा छन्। बुधबार प्रदेश सभामा कायम ९२ मध्ये सभामुख बाहेक ७९ उपस्थित रहेका थिए। 

प्रकाशित: Nov 17, 2021| 14:35 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।