बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानन्यायाधीशको सिट खाली भइसक्यो : शम्भु थापा [भिडियो]

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो : शम्भु थापा [भिडियो]

‘राजनीतिक दलहरुलाई मेरो के निवेदन छ भने न्यायालय सामाजिकीकरण गर्ने कि नगर्ने, तपाईंहरु भ्रष्टाचारको पक्षमा हो कि सामाजिकीकरणका पक्षमा हो?’
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन्। नेपाल बार एसोसिएसनले बुधबार गरेको सर्वोच्च अदालतमा धर्ना कार्यक्रम सकिएपछि एसोसिएसनको प्रांगणमा सम्बोधन गर्दै थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका हुन्। 

उनले नयाँ प्रधानन्यायाधीश नियुक्ति गर्ने जिम्मा सरकार र प्रतिपक्ष दलको भएको भन्दै बारले नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि आन्दोलन गरेको बताए।  थापाले भने, ‘प्रधानन्यायाधीशको सिट खाली भइसकेको छ। कसरी मनोनयन गर्ने, कसरी नियुक्ति गर्ने, यो सरकार र संविधान चलाउने, सरकार र प्रमुख प्रतिपक्षी दलको जिम्मा हो।’ 

वरिष्ठ अधिवक्ता थापाले कानुन व्यवसायीहरुको उपस्थिति बिना न्यायालय चल्न नसक्ने बताए। केही न्यायाधीशहरु इजलास बस्न लागेको तर्फ इंगित गर्दै उनले न्यायाधीशहरुले मात्रै अदालत चलाउन नसक्ने बताए। प्रधानन्यायाधीशले भ्रष्टाचार गरेको भन्दै बारले आन्दोलन गरिरहेको बखत इजलासमा बस्ने न्यायाधीश दूषित भएको टिप्पणी उनले गरे। 

थापाले भने, ‘प्रधानन्यायाधीश भ्रष्टाचारमा डुबेका मात्रै होइन बान्ता भयो। त्यो बान्ता भएको कुरा यहाँ बोलिराख्या छौं हामीले।’

‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ। त्यो ऐतिहासिक हुन्छ। भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ। भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ।’

उनले आफूहरु भ्रष्टाचारीको पछि लागेर बहस नगर्ने स्पष्ट पारे। वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधीशले गरेको भ्रष्टाचारको विवरणसहित संसदमा कागज दर्ता गर्नुपर्नेमा पनि जोड दिए। उनले भने, ‘संसदमा एउटा कागज दर्ता गर्नुपर्छ। त्यो ऐतिहासिक हुन्छ। भ्रष्टाचार गरेका कुरासहित दर्ता गर्नुपर्छ। भ्रष्टाचार गरेको कागजसहित दर्ता गर्नुपर्छ।’

थापाले आफूहरुले प्रधानन्यायाधीशको राजीनामा माग्दै गर्दा अन्य न्यायाधीशको पनि राजीनामा माग्ने र कानुन व्यवसायीहरुलाई समेत आरोप लगाइएको भन्दै अर्को प्रधानन्यायाधीश नियुक्त भएसँगै कानुन व्यवसायीहरुले भ्रष्टाचार गरे नगरेको सम्बन्धमा छानबिन गर्न चुनौती दिए। उनले सिरकभित्र टाउको नलुकाई बारको आन्दोलनमा ऐक्यबद्धता जनाउन पनि सम्पूर्ण कानुन व्यवसायीहरुलाई आग्रह गरे।

उनले भने, ‘हामीले भनेका छौं त अर्को प्रधानन्यायाधीश आउने, अर्को प्रधानन्यायाधीशले को – को वकिल भ्रष्टाचार गर्नेछ, को को न्यायाधीश भ्रष्टाचार गर्नेछ, को को अयोग्य छ खोज।’ यस्तो आन्दोलन चलेका बेलामा केही कानुन व्यवसायीहरुलाई आफू सुरक्षित छु भनेर टाउको सिरकभित्र लुकाएर नबस्न पनि उनले चेतावनी दिए। उनले भने, ‘ तपाईंहरु लज्जावती झार जस्तो नबस्न्ु्स्। आन्दोलन चलाउँदै गर्दा कहिलेकाहीँ गलगाँडहरु सडकमा आउँछन् एक हजार लिएर। गलगाँडहरुलाई मेरो उत्तर छ, यसपालि मूल गाँडको अप्रेसन गर्नैपर्छ।’

‘राजनीतिक दलहरुलाई मेरो के निवेदन छ भने न्यायालय सामाजिकीकरण गर्ने कि नगर्ने, तपाईंहरु भ्रष्टाचारको पक्षमा हो कि सामाजिकीकरणका पक्षमा हो?’

थापाले नेपाल बार एसोसिएसनलाई नसोधीकन प्रधानन्यायाधीशले नियुक्त गर्ने कुनै पनि नियुक्ति नगर्न न्याय परिषद्का सदस्यहरुलाई खबरदारी गरे। बारको सहमतिबिना नियुक्ति गरेमा न्याय परिषद्बाट फिर्ता बोलाउने अधिकार पनि बारसँग रहेको उनको भनाइ छ। उनले भने, ‘खबरदार! बारलाई नसोधीकन एउटा नियुक्ति गर्नुहोला र सही गर्नुहोला। तपाईंलाई जसरी भोट मागेर पठाइएको छ त्यसरी नै बोलाउने अधिकार छ। सिनियर न्यायाधीश दीपककुमार कार्कीलाई पनि हाम्रो अनुरोध छ।’

उनले न्यायालय सामाजिकीकरण गर्ने कि भ्रष्टाचारका पक्षमा हुने स्पष्ट पार्न दलहरुलाई आग्ह गरे। उनले भने, ‘राजनीतिक दलहरुलाई मेरो के निवेदन छ भने न्यायालय सामाजिकीकरण गर्ने कि नगर्ने, तपाईंहरु भ्रष्टाचारको पक्षमा हो कि सामाजिकीकरणका पक्षमा हो?’

नेपाल बार एसोसिएसनले बुधबार) पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ। बारले सर्वोच्च अदालतको मुल गेटमा धर्ना दिए पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालत परिसर प्रवेश गरेका थिए। 

प्रकाशित: Nov 17, 2021| 15:21 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।