बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्छौं : अध्यक्ष हुमागाईं

मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गर्छौं : अध्यक्ष हुमागाईं

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताएका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले बोर्डको सूचनालाई अटेर गरी मदिराजन्य पदार्थको विज्ञापन गर्ने सञ्चारमाध्यमलाई कारबाही गरिने बताएका छन्।

अध्यक्ष हुमागाईंले सूचना प्रकाशित गरिसकेपछि पनि केही सञ्चारमाध्यममा मदिराजन्य पदार्थको विज्ञापन प्रकाशन भइरहेको भन्दै विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई कानुन बमोजिम कारबाही गरिने बताएका हुन्। उनले बोर्ड अहिले विज्ञापन प्रसारण गर्ने पत्रपत्रिका, विज्ञापन एजेन्सी र विज्ञापन दातालाई पत्राचार गर्ने तयारीमा रहेको बताए। 

ऐनले मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापनमा मात्रै रोक लगाएको बताउँदै बिक्री वितरण र उत्पादनमा रोक नलगाएको बताएका छन्। ‘जनस्वास्थ्य सेवा ऐन २०७५ मदिरा, सुर्तीजन्य पदार्थको विज्ञापन गर्न रोक लगाएको छ। विज्ञापनको उत्पादन, प्रसारण, वितरण र प्रकाशन गर्न रोक लगाएको छ। हामीले यही कार्तिक २५ गते त्यस्ता पदार्थको विज्ञापन उत्पादन, प्रकाशन तथा प्रसारणको काम, नगर्नू, नगराउनू भनेर एउटा विज्ञापन जारी गरेका छौं र त्यस यता केही पत्रपत्रिकाले विज्ञापन प्रकाशन गरेका छन्', उनले भने। 

यता राष्ट्रिय टेलिभिजन प्रसारक संघले पनि सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा मदिराजन्य वस्तुको विज्ञापन प्रकाशन गरेकोमा विरोध जनाएको छ। राष्ट्रिय टेलिभिजन प्रसारक संघका अध्यक्ष शंकर अधिकारीले सार्वजनिक सञ्चारमाध्यम र पत्रपत्रिकामा वर्जित विज्ञापन प्रकाशन रोक्ने काममा विज्ञापन बोर्ड विमुख हुन नमिल्ने बताएका छन्। 

उनले निजी क्षेत्रले सरकारले निकालेको सूचनालाई थ्रेट दिएर, अटेर गरेर मदिराको विज्ञापन निकाल्दा प्रशासन, राज्य र विज्ञापन बोर्डले केही गर्न नसकेको आरोप लगाएका छन्। अध्यक्ष अधिकारीले कानुनले वर्जित गरेका काम गर्नेलाई कानुन बमोजिम कारबाही गर्न माग गरे।

अध्यक्ष अधिकारीले विज्ञापन बोर्डले निकालेको विज्ञप्तिअनुसार निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको बताएका छन्। उनले कानुनमा भएको कुरालाई हुबहु लागू गराउनु पर्ने दायित्व र जिम्मेवारीमा बसेकाहरूले बढी चासो दिनुपर्ने बताउँदै भएको कानुनलाई लागू गराउनु पर्ने बताए। अध्यक्ष अधिकारीले सार्वजनिक सञ्चार माध्यमहरूमा मदिरा लगायत कुनै चिजहरूको विज्ञापन गर्ने कुरा कुनै किसिमले उचित नहुने पनि बताए।

प्रकाशित: Nov 17, 2021| 13:56 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।