बुधबार, भदौ ३, २०८३

सर्वोच्चमा आज पनि कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले धर्ना दिएका छन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं–  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै बुधबार पनि कानुन व्यवसायीले धर्ना दिएका छन्। नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीले जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन भन्दै धर्ना दिएका हुन्। 

प्रधानन्यायाधीश जबराले भने आफूले राजीनामा नदिने बताएका छन्। उनले आन्दोलनरत पक्षलाई संवादमा आउन आह्वान गरेका छन्। उता नेपाल बारले प्रधानन्यायाधीशसँग कुनै वार्ता नगर्ने भन्दै राजीनामा माग गर्दै आएको छ।

कानुन व्यवसायीहरु प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, भ्रष्टाचार गरेको भन्दै कात्तिक पहिलो सातादेखि राजीनामा माग गर्दै आन्दोलनरत छन्। 

यसैबीच पाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ।

बारको कार्यालय परिसरमा बुधबार आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी दिएका हुन्। 

प्रधान्यायाधीश जबराले न्यायपालिका सदृढीकरणका लागि जारी गरेको भनिएको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याएको अध्यक्ष श्रेष्ठको भनाइ छ। उनले भने, ‘न्यायालयको शिर निहुरिइरहेको छ। वार्ताका नाममा आँखामा धुलो हाल्न विज्ञप्ति निकालेको छ।’ 

प्रधानन्यायाधीश जबराले न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले जबराले गरेका विवादस्पद फैसालबारे बारले अध्ययन गर्ने बताए। ‘प्रधानन्यायाधीश जबराले गरेका फैसला नेपाल बारलाई दिन आह्वान गर्दछौं। उहाँले गरेका सबै विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्नेछ।’ 

प्रकाशित: Nov 17, 2021| 11:23 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।