काठमाडौं– नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ।
बारको कार्यालय परिसरमा बुधबार आयोजित विरोध कार्यक्रममा बोल्दै अध्यक्ष चण्डेश्वर श्रेष्ठले मंसिर ३ गतेभित्र राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध प्रदर्शन गर्ने चेतावनी दिएका हुन्।
प्रधान्यायाधीश जबराले न्यायपालिका सदृढीकरणका लागि जारी गरेको भनिएको विज्ञप्ति आँखामा धुलो हाल्न ल्याएको अध्यक्ष श्रेष्ठको भनाइ छ। उनले भने, ‘न्यायालयको शिर निहुरिइरहेको छ। वार्ताका नाममा आँखामा धुलो हाल्न विज्ञप्ति निकालेको छ।’
प्रधानन्यायाधीश जबराले न्यायालयमा विकृति ल्याएकाले आन्दोलनित हुनुपरेको श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले जबराले गरेका विवादस्पद फैसालबारे बारले अध्ययन गर्ने बताए। ‘प्रधानन्यायाधीश जबराले गरेका फैसला नेपाल बारलाई दिन आह्वान गर्दछौं। उहाँले गरेका सबै विवादास्पद फैसलाबारे अब बारले अध्ययन गर्नेछ।’