बुधबार, भदौ ३, २०८३

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज आउँदै

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने भ्रमणका लागि बुधबार काठमाडौं आउँदैछन्।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं– दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु दुईदिने भ्रमणका लागि बुधबार  काठमाडौं आउँदैछन्। काठमाडौं बसाइका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का लगायत  उच्च सरकारी अधिकारीहरुसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ।

यस्तै दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री केल्ली किडरलिङ बिहीबार आउँदैछिन्। उनले नेपाली अधिकारी र नागरिक समाजका अगुवाहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको काठमाडाैंस्थित अमेरिकी दूतावासले जनाएको छ।

अमेरिका र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नुअगाडि उनीहरूको भ्रमण हुन लागेको हो। नेपालमा रहँदा उनीहरुले कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल गर्नेछन्। 

चार वर्षअघि नै कार्यान्वयनमा जानुपर्ने ५०० मिलियनको अनुदानका विषयमा नेपालका राजनीतिक दलहरूको मत बाझिँदा सम्झौता संसद्मा अनुमोदन हुन सकेको छैन।

सहायक विदेशमन्त्री लुको भ्रमणमा एमसीसी सम्झौता अनुमोदनका लागि थप छलफल हुने बताइएको छ। अमेरिका नेपालको संसद्बाट जतिसक्दो चाँडो एससीसी अनुमोदन गर्न चाहन्छ। सम्झौता संसद्मा विचाराधीन छ।

यसअघि भदौ अन्तिम साता एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले चारदिने नेपाल भ्रमण गरेर एमसीसी सम्झौता अनुमोदन गराउन प्रयास गरेकी थिइन्। चार वर्षअघि नै कार्यान्वयनमा जानुपर्ने ५०० मिलियनको अनुदानका विषयमा नेपालका राजनीतिक दलहरूको मत बाझिँदा सम्झौता संसद्मा अनुमोदन हुन सकेको छैन। सडक र ऊर्जा पूर्वाधारका लागि अमेरिकाले एमसीसीमार्फत सहयोग गर्न खोजेको छ। तर देउवा नेतृत्वमा रहेको ५ दलीय सत्ता गठबन्धनभित्र नै एमसीसी सम्झौतालाई अनुमोदन गराउने विषयमा विवाद छ। 

कांग्रेस सम्झौता संसद्बाट अनुमोदन गराउनुपर्ने पक्षमा छ। माओवादी केन्द्र सम्झौता संशोधन गरेर मात्र अघि बढाउनुपर्छ भन्नेमा छ। एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमसीसी सम्झौताका विषयमा स्पष्ट धारणा ल्याइसकेका छैनन् ।

जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले भने एमसीसी सम्झौता राष्ट्रिय हितमा रहेकाले छिटो अनुमोदन गर्नुपर्ने पक्षमा छन्। सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने एमसीसी सम्झौताको विपक्षमा छ।

प्रकाशित: Nov 17, 2021| 10:41 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।