काठमाडौं- चिकित्सा शिक्षा स्नातकोत्तर तहको प्रवेश परीक्षा भर्नाका लागि मंसिर ५ गतेबाट आवेदन खुल्ने भएको छ। चिकित्सा शिक्षा आयोगका अनुसार मंसिर ५ गते बिहान १० वजेबाट पुस ११ गते साँझ ४ बजेसम्म अनलाइन आवेदन फारम भर्न सकिने छ ।
आवेदन शुल्क नेपालीका लागि ५ हजार र विदेशीका लागि ८ हजार तोकिएको छ। सिट संख्या, प्रवेश परीक्षाको मिति र परीक्षाकेन्द्र भने पछि तोकिने आयोगले जनाएको छ।