काठमाडौं- कुवेतको स्वास्थ्य मन्त्रालयले ठूलो संख्यामा नेपाली स्वास्थ्यकर्मीको माग गरेको छ। मन्त्रालयले नेपालका ७२९ स्वास्थ्यकर्मी माग गरेको हो।
बीइसी नर्स, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स(पीसीएल), डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट र डेन्टल एक्सरेमा काम गर्ने गरी ७२९ कर्मचारी माग गरिएको छ।
माग गरिएका स्वास्थ्यकर्मीले नेपाली १ लाख १० हजार देखि १ लाख २५ हजारसम्म तलब पाउने छन्। बीएससी नर्सिङको न्यूनतम तलब १ लाख २५ हजार र स्टाफ नर्सको लागि १ लाख १० हजार तलब तोकिएको छ।
सिटिइभिटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट ३ वर्षको कोर्स पूरा गरी सम्बन्धित काममा कम्तीमा ३ वर्षको अनुभव भएको हुनुपर्ने छ। नेपालको ओमेगा इन्टरनेसनलले उक्त जनशक्ति व्यवस्थापनको जिम्मा लिएको छ।