आइतबार, जेठ १७, २०८३

मुख्यमन्त्री राईले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मत लिने कार्यक्रम रहेको छ। मंगलबारको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेका कारण स्थगित भएको थियो।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मत लिने कार्यक्रम रहेको छ। मंगलबारको प्रदेश सभा बैठक प्रमुख प्रतिपक्षी दल एमालेका कारण स्थगित भएको थियो। 

National life

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव देखाउँदै सांसद आउन नसक्ने भनी नेकपा एमालेका सांसदले मंगलबारको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए।

सभामुख प्रदीपकुमार भण्डारीले एमालेले निवेदन दिएपछि कार्यब्यवस्था परामर्श समितिको बैठक राखेर रोक्नुपर्ने प्रस्ताव गरेका थिए। सत्ता साझेदारदहरूले बैठक रोक्नु नहुने अडान लिएपछि निर्धारित समय भन्दा झन्डै २ घण्टापछि संसद् बैठक बसेको थियो। प्रतिपक्षका सांसदहरूको अनुपस्थिति रहेपछि बैठक १ मिनेट मात्र बसेर बुधबार बिहान साढे ११ बजे बस्नेगरि सभामुखले स्थगित गरे। 

बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल सहभागी हुने भएको छ। 'मंगलबार बन्दका कारण माननीय ज्युहरू आउन सक्नु भएन। बुधबार आउनु हुन्छ,’ एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले भने।

प्रकाशित: Nov 17, 2021| 08:11 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।