शनिबार, चैत ७, २०८२

जाडो मौसममा कस्तो खाना खाने?

चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ। खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। जसले गर्दा विभिन्न रोगको संक्रमण सुरु हुन थाल्छ।
 |  बुधबार, मंसिर १, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १, २०७८

काठमाडौं- जाडो मौसम सुरु भएसँगै स्वस्थ रहनका लागि खानपानमा विशेष ध्यान दिनुपर्दछ। चिसो मौसममा व्यायाम र खानामा तालमेल मिलाउन सकियो भने स्वस्थ र शरीरलाई आराम पुग्छ। खानपान र व्यायाममा ख्याल गरिएन भने चिसो मौसममा शरीरमा पानी र क्यालोरी कम हुन्छ। जसले गर्दा विभिन्न रोगको संक्रमण सुरु हुन थाल्छ।

National life

चिसो मौसममा धेरैको बानी बिहान ढिला उठ्ने र एकैपटक खाना खाने बानी हुन्छ। तर त्यस्तो बानी स्वास्थ्यका लागि ठिक होइन। बिहान खाना खानुभन्दा अगाडी नै अण्डा, फलफूल, सलाद, ओट्स, ब्रेडस् र तातो दुध खाँदा स्वास्थलाई फाइदा पुग्छ।

हरियो सागपातको धेरै प्रयोग

चिसो मौसममा तातो दाल, सुप सँगै हरियो सागपात र अचारहरु पनि खानुपर्छ।

बेलुकाको खाना छिटै खाने

Laxmi sunrise bank
kumari

जाडो मौसममा राति जति छिटो खाना खाइन्छ त्यति नै शरीरलाई फाइदा गर्छ। तर दिउँसो खाइने खाजाभन्दा रातिको खाना हल्का हुनुपर्छ। रातको खानामा खिचडी र सादा खानाको प्रयोग राम्रो हुन्छ। राति सुत्नुअघि कमसेकम तीनरचार घण्टा पहिले खाना खाइसक्नुपर्छ। जसले शरीरको पाचनशक्ति बलियो बनाउँछ।

सुत्‍नुअघि दुध

चिसो मौसममा सुन्नुभन्दा अघि तातो दुध खानु स्वास्थ्यका लागि राम्रो हुन्छ। तातो दुधमा वेसार वा अदुवा मिसाएर खानु अझै लाभदायी मानिन्छ।

व्यायाम

जाडोमा बिहानको समयमा दिँनहु व्यायाम गर्न सकिँदैन्। हप्तामा एकदिन व्यायाम गर्नुपर्छ। व्यायाम गर्दा एक्लैभन्दा पनि साथीसँगै हुँदा प्रोत्साहन मिल्छ र गाह्रो महसुस कम गर्न सकिन्छ।

भिटामिनको भरपुर प्रयोग

खानामा भिटामिन सिको मात्रा धेरै राखेमा चिसोबाट बच्नुका साथै रुघाखोकी लाग्दैन। भिटामिन डीको प्रयोगले हड्डीलाई बलियो बनाउने काम गर्छ। यसका साथै भिटामिन डीले भिटामिन ए, आइरन र क्याल्सियमको मात्रा पनि बढाउने काम गर्छ।

प्रकाशित: Nov 17, 2021| 05:00 बुधबार, मंसिर १, २०७८
प्रतिक्रिया दिनुहोस्