सोमबार, असोज ८, २०८०

'ब्राजिल विश्‍वकपको रेकर्ड किताब हो'

 |  आइतबार, पुस १६, २०७४
averest bankaverest bank

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

sagarmatha cement
काठमाडौं- ब्राजिललाई विश्वकपमा नचिन्ने सायदै कमै होलान्। विश्वकपमा सबै भन्दा सबल वा विश्वख्यिात खेलाडी जन्माउने राष्ट्र भएर होला। ब्राजिल विश्वका धेरै भन्दा धेरै फुटबल प्रेमिको मन मुटूमा बस्न सफल एक फुटबल टोली हो। त्यसैले पनि होला ब्राजिललाई विश्व फुटबल इतिहासमा विश्वकप रेकर्डको किताब मान्न सकिन्छ।

विश्वकपका सबै संस्करणमा सहभागीता

ब्राजिल एक मात्र त्यस्तो राष्ट्र हो जसले विश्वकपका २१ वटै संस्करणमा सहभागीता जनाएको छ। सन् १९३० देखी २०१८ सम्म आईपुग्दा विश्वकपका २१ संस्करण सम्पन्न हुँदैछन् । विश्वकपका २१ संस्करण सम्पन्न हुनै लाग्दा ब्राजिलले विश्वकपमा आफ्नो अटुट यात्रा जारी राखेको छ।

विश्वकपमा सबैभन्दा बढी गोल

विश्वकपका २१ वटै संस्करण खेलेको ब्राजिलले हाल सम्म २२७ गोल गरेको छ। जारी विश्पकपमा सोमबार मेक्सिकोलाई २-० गोल अन्तरले पराजित गरेसँगै ब्राजिल विश्वकपमा सबैभन्दा बढी गोल गर्ने राष्ट्र बनको हो। पछिल्लो विश्वकप खेलमा २ गोल गर्दै ब्राजिलले जनर्मनीलाई उछिनेको हो। जर्मनीको हाल सम्म विश्वकपमा २२६ गोल पुगेको छ।

पाँच पटक विश्व च्याम्पियन

विश्वकप इतिहासमा सबैभन्दा बढी पटक च्याम्पियन बन्ने राष्ट्र हो ब्राजिल। ब्राजिलले विश्वकपको पाँच पटक ट्रफी उचालेको छ। पहिलो पटक सन् १९५८ मा च्याम्पियन बन्दा, १९६२, १९७०, र १९९४ सँगै पछिल्लो पटक २००२ माच्याम्पियन बनेको हो।

सबैभन्दा धेरै देशलाई पराजित

विश्वकपमा सहभागी सबैभन्दा बढी राष्ट्रलाई पराजित गर्ने ब्राजिल पहिलो राष्ट्र बनेको छ। ब्राजिलले अहिले सम्म ७३ राष्ट्रलाई पराजित गरि सकेको छ। दोस्रो स्थानमा रहेको जर्मनीले ६७ राष्ट्रलाई पराजित गरेको छ भने तेस्रो स्थानमा रहेको इटालीले ४५ राष्ट्रलाई पाजित गरेको ह । हाल सम्म विश्वकपमा ७९ राष्ट्रको सहभागीता रहेकोछ।

चारपटक शिर्ष गोल कर्ता

विश्वकपका संस्करणमा सर्बाधिक गोल गर्ने खेलाडीमा ब्राजिल अग्रपङ्तिमा छ। ब्राजिलका खेलाडीले विश्वकपमा सर्बाधिक गोल कर्ताको उपाधि चार पटक जितेको छ। १९३८ मा लियोनिदास, १९५० मा अद्मिर, १९६२ मा भाभा र २००२ मा रोनाल्डोले ब्राजिलका लागी सर्बाधिक गोल गरेका थिए।

लगातर ११ खेलमा जित

विश्वकपमा अहिले सम्म कुनै पनि राष्ट्रले लगातार ११ खेल जितेका छैनन् । ब्राजिलले २००२ को विश्वकपमा ७ खेल खेल्दा सातवटै खेलमा जिल हात पारेको थियो भने २००६ को विश्वकपमा ५ खेल खेल्दा चार खेल जितेको थियो।

धेरै रेकर्ड होल्डर पेले

ब्राजिलियन पुर्व स्टार फुटबलर पेले विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन। उनले १९५८ को विश्वकपमा १७ बर्षको उमेरमा गोल गरेका थिए। उनले विश्वकपमा सबैभन्दा सानो उमेरमा ह्याट्रिक गर्ने र फाईनल खेल खेल्ने खेलाडीको रेकर्ड बनाएका छन्। विश्वकपमा थुप्रै रेकर्ड होल्डर पेले आफ्नो देशलाई तीन पटक विश्वकप दिलाउने एक मात्र खेलाडी हुन।

ब्राजिलियन रोनाल्डो

रोनाल्डो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पर्दछन्। उनले विश्वकपका १९ खेलमा १५ गोल गरेका छन्।  उनी विश्वकपमा व्यक्तिगत सर्वाधिक गोल गर्नेको सूचीमा दोस्रोमा पर्दछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

क्यान अध्यक्षमा दोहोरिए चन्द

क्यान अध्यक्षमा दोहोरिए चन्द

दोस्रो कार्यकालका लागि अध्यक्ष चन्दसहित उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध भएका हुन्।
एसियाडमा नेपालबाट हालसम्मकै धेरै २५३ खेलाडी सहभागी

एसियाडमा नेपालबाट हालसम्मकै धेरै २५३ खेलाडी सहभागी

एसियाका कीर्तिमानधारी खेलाडीको जमघट, विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालका तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३...